विद्यार्थीद्दारा कालो झण्डा प्रर्दशन

मुक्ति गैरे / कपिलवस्तु, साउन २६ : सिद्दार्थ कलेज क्याम्पस,कपिलवस्तुमा विप्लव निकट अखिल (क्रान्तिकारी) कालो झण्डा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन सिद्दार्थ बहुमुखी क्याम्पसले आयोजना गरेको स्थानीय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरिरहेको बेला उक्त प्रर्दशन भएको हो । बाणगंगा नगरपालिका मेयर र उपमेयरसहित सवै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा पुगेको यो समुहले कालो झण्डा देखाएका थिए भने उनी अध्यक्ष उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष हुन् भने अर्का निराजन थारु सदस्य र शारदा भण्डारी नेपाल आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुन् । अध्यक्ष रुपा बुढा मगरका अनुसार हाम्रा स्ववियु सभापति सुशील खत्रीले स्ववियु मान्यता अनुसार आफुहरुलाई कुनै पनि सल्लाह नगरि एकलौटि आयोजना गरिएको र क्याम्पस प्रशासनले पनि हामीलाई कुनै पनि जानकारी नदिई उक्त कार्यक्रम गरिएको कारणले हामीले बहिष्कार गर्न बाध्य भएका हौं । साथै हामीलाई नवनिर्वाचित जनप्रतिनिधिहरुबाट क्याम्पस प्रशासनमा हस्तक्षेप गर्ने उदेश्यले क्याम्पसमा उक्त कार्यक्रम हामीलाई अमान्य हुने बताईन् । प्रहरी प्रशासनको बलमा क्याम्पस प्रशासनले गरेको एकलौटि कार्यक्रमको बिरोध जनाएका छन् । उनिहरुले कालो झण्डा देखाउदै स्ववियु सभापतिको एकलौटि निर्यण बन्द गर् !, क्याम्पस प्रशासन मुर्दावाद ! , निर्वाचित जनप्रतिनिधिहरु मुर्दावाद ! , स्ववियु सभापतिले राजिनामा दे !, क्याम्पस प्रशासन प्रमुखले राजिनामा दे ! , शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी दमन बन्द गर !, प्रहरी प्रशासन मुर्दावाद !, क्याम्पस परिसरभित्र प्रहरी प्रशासन छिर्ने काम बन्द गर ! बिद्यार्थी माथिको दमन बन्द गर ! अखिल (क्रान्तिकारी) जिन्दावाद ! नारावाजी गरेका थिए । क्याम्पस प्रशासन र स्ववियु सभापतिले कार्यक्रम स्थलको मुलगेटमा व्यापक नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि पत्रकारहरुलाई समेत निषेध गरि कार्यक्रम गरिएको थियो । प्रहरीद्दारा धरपकडको प्रयास समेत गरिएको उनले बताईन् यस्तो प्रक्रियाबाट किन क्याम्पसले बिद्यार्थीको स्ववियु निर्वाचन किन गर्नु पर्यो भन्दै प्रतिप्रश्न पनि गरिन् ।

 

२०७४ साउन २६ गते ४ : ४५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :