नारायणी ब्युरोको प्रशिक्षण सम्पन्न

अम्बिका चन्द / काठमाडौं, साउन २६ : नेकपा, नारायणी ब्युरोको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा स्थायी समितिका सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन, नारायणी ब्युरो इन्चार्ज चिरण पुन, लगायतको उपस्थिति रहेको थियो । बिहीबार सम्पन्न प्रशिक्षणमा नेकपाको नारायणी ब्युरो अन्तर्गतका मकवानपुर, बारा, पर्सा र रौतहट जिल्ला सदस्यहरुको सहभागीता रहेको थियो । बारा जिल्ला इन्चार्ज संजीवनीले पार्टी केन्द्रीय समिति, पूर्वी कमाण्ड र नारायणी ब्युरोको परिपत्र वाचन गर्नुभएको थियो । कम्युनिस्ट पार्टीका पुराना नेता नन्दन अर्याल, दरूका  यादव  र मणिरत्न उपाध्यायको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । नेकपाका नारायणी ब्युरो इन्चार्ज चिरन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रौतहट इन्चार्ज  ‘विजयलाल’ ले गर्नुभएको थियो भने मकवानपुर जिल्ला इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ ले  स्वागत भाषण गर्नुभएको थियो । 

 

२०७४ साउन २६ गते ४ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :