नेकपा सर्लाहीको इश्वरपुर नगरपालिकामा भेला सम्पन्न

नेकपा सर्लाहीको इश्वरपुर नगरपालिकामा भेला सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको इश्वरपुर नगरपालिकामा प्रथम भेला सम्पन्न भएको छ । भेलाले १५ सदस्यीय नगरकमिटी गठन गरेको छ ।

भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही–रौतहट जिल्ला इन्चार्ज मिसन शाही रहेका थिए । यस्तै अतिथिहरू जिल्ला सेक्रेटरी कमल सुस्लिङ र अखिल क्रान्तिकारी सर्लाही जिल्लाका संयोजक अर्पण पौडेल, अखिल क्रान्तिकारी रौतहट जिल्लाका संयोजक अबिशेक शाही, महिला नेतृ प्रमिला राउत, किसान नेता किसुनदेब शर्मा, मजदुर नेता रामप्रसाद महत्तो लगायतको उपस्थिति रहेको थियो । भेलामा उपस्थित नेताहरूले आ–आफ्नो तर्फबाट सुभकामना मन्तव्य राखेका थिए ।

उक्त भेलाको अध्यक्षता शुनिता झाले गरेका थिए भने कार्यक्रम सञ्चालन जनक राउतले गरेका थिए ।

त्यसैगरी यसअघि पनि सर्लाही जिल्ला हरिपुर्बा नगरपालिका र चन्द्रनगर नगरपालिकामा समेत प्रथम भेला कार्यक्रम सम्पन्न भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :