पश्चिम ताम्सालिङको प्रशिक्षण सम्पन्न

अम्बिका चन्द / काठमाडौं, साउन २६ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार चितवनको भरतपुरमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले क्रान्तिको लागि आवश्यक पर्ने जुझारु पार्टी निर्माण आजको आवश्यकता छ भन्नुभयो । यस्तै नेकपाका केन्द्रीय सदस्य एवं पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज मोहलाल चन्द ‘आधार’ ले पार्टी संगठनका नेता–कार्यकर्ताहरु झिना मसिना कुराहरुमा नअल्झीएर अगाडि बढ्न प्रशिक्षणमा सहभागीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष एवं नेकपाका चितवन इन्चार्ज लालबहादुर वि.सी.ले पार्टी केन्द्रको दस्तावेज र परिपत्र बाचन गर्नुभएको थियो । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङ, नेकपाका धादिङ सेक्रेटरी प्रमोद, रसुवा इन्चार्ज दिवाकर, सेक्रेटरी सागर पनि प्रशिक्षणमा सहभागी हुनुहुन्थ्यो । पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत पर्ने चितवन, धादिङ, रसुवा र नुवाकोट जिल्लाहरुबाट नेकपाका सवै जिल्ला समिति सदस्यहरु प्रशिक्षणमा सहभागी भएका थिए । ब्युरो इन्चार्ज आधारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नुवाकोट इन्चार्ज सविता तामाङले गर्नुभएको थियो ।

२०७४ साउन २६ गते ९ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :