देशभरि सनराइज स्मृति दिवस हुने

sanrij

रातो खबर संवाददाता / काठमाडौं, साउन २५ : दोस्रो चरणको निर्वाचनको खारेजी अभियान सञ्चालनका क्रममा आन्तरिक दुर्घटनामा परी असार १२ गते सहादत हुनुभएका युवा नेता चन्द्रबहादुर सिंह ‘सनराइज’ को साउन २८ गते नेकपाले देशव्यापी श्रद्धाञ्जली सभा गर्ने भएको छ । सबै जिल्लाका पार्टी समिति र युवा संगठनलाई सो कार्यक्रमको आयोजना गर्न निर्देशन जारी भैसकेको पार्टी प्रवक्ता प्रकाण्डले बताउनुभएको छ । घाइते अवस्थामा आफू नबाँच्ने महसुस भएपछि ‘म कसैको कारणले घाइते भएको होइन, कसैलाई दोष नलगाउनुहोला’ क. सनराइजले उद्धारकर्तासँग भन्नुभएको खुलासा केन्द्रीय सदस्य सम्झना घर्ती गर्नुहुन्छ । उहाँ पूर्वजनमुक्ति सेनाका सदस्य पनि हुनुहुन्थ्यो । उहाँको सम्झनामा कैलालीमा एक स्मारक बनाउने तयारी भैरहेको नेकपाका अर्का केन्द्रीय सदस्य शंकर खड्का बताउँछन् । पार्टी महासचिवले केन्द्रीय समितिका तर्फबाट सम्मानपत्र प्रदान गर्ने, राहतस्वरूप आर्थिक सहयोग गर्नेलगायत कार्यक्रम पनि बनाइएको जानकारी नेकपा स्रोतले दिएको छ ।

२०७४ साउन २५ गते ९ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :