अमेरिकी साम्राज्यवाद युद्धको हिस्टेरिया रोगले अकल्पनीय रुपमा पतन हुनेछ – उत्तरकोरिया

प्योङयाङ / साउन २५ : कोरियन पिपुल्स लिबरेसन आर्मिका प्रवक्ताले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिका युद्धको हिस्टेरिया रोगले रोगले ग्रष्त भएको बताएका छन् । त्यो हिस्टेरिया रोगले अमेरिकी साम्राज्यवादको अकल्पनीय पतन हुने उत्तरकोरियाली सरकारी समाचार संस्था केसिएनए वाचले बताएको छ । केहि दिन अघि अमेरिका को सहयोगमा संयुक्त राष्ट्र संघले झुट्टो आरोपमा कडा नाकाबन्दी लगाएको भन्दै आक्रोशसमेत पोखेका छन् । त्यस्तै उनले अगाडि भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवेक गुमाउँदै केहि दिन अघि मात्र उत्तरकोरियासँगको युद्धले अमेरिकालाई भन्दा पनि कोरियालाई बढी घाटा हुने बताएका थिए । किनकी युद्ध अमेरिकामा नभएर कोरियन प्रायद्धीपमा हुनेछ र हजारौं कोरियानहरु मर्नेछन् । त्यस्तै उनले भनेका छन् । अमेरिकाले यो कुरा विर्सिनु हुदैन कि उत्तरकोरियाप्रतिको अमेरिकी युद्धको उडण्डताले कोरियन पिपुल्स लिबरेसन आर्मिको क्षमता अझैं बढ्नेछ र अमेरिकी साम्राज्यवाद पतन हुने निश्चित छ ।

२०७४ साउन २५ गते ६ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :