संयुक्त विद्यार्थी संगठन आन्दोलित

भीमबहादुर खड्का / चितवन, साउन २५ : कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिन लागेका निजी सम्बन्धनका विरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलित हुँदै आएका छन् । बुधबार विहान संयुक्त विद्यार्थी संगठनहरुले नीजि कलेजहरुमा कृषिसम्बन्धी अध्यापन गराउने सम्बन्धन दिन थालेकोले यसलाई तत्काल रोक्न र रामपुर कृषि क्याम्पसभित्र राजनीतिक नियुक्तिको अन्त्य, भ्रष्ट कर्मचारीहरुलाई कारबाहीको मागसमेत गरेका छन् । विद्यार्थी संगठनले भीसी रजिष्टार कार्यालयमा आगजनी र तोडफोड गरी आन्दोलनको शुरुवात गरेका थिए भने साउन २० गते शुक्रबार संयुक्त विद्यार्थीहरु धर्ना  पनि दिएका थिए ।

२०७४ साउन २५ गते ३ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :