विद्यार्थी नेता बोहोरा रिहा

काठमाडौं / साउन २४ : नेकपा निकट अखिल (क्रान्तिकारी) रुकुमका जिल्ला सचिव प्रेमप्रशान्त बोहोरा २९ दिनपछि हिरासतमुक्त हुनुभएको छ । बोहोरालाई रुकुम जिल्ला अदालतको १ लाख र जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा सोमबार रिहा गरेको हो । असार २७ गते भ्रष्ट इन्जिनियर चिताराम खड्कालाई कालोमोसो दलेको आरोपमा बोहोरालाई दाङबाट प्रहरीले गिरफ्तार गरेको थियो । रिहा लगत्तै बोहोरालाई स्वागत गर्न जिल्ला पार्टी र विद्यार्थीहरु ¥यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । साथै ¥यालीपछि ३ ठाउँमा कोण सभा गरिएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले भ्रष्टाचारीहरुको संरक्षणमा लागेका विभिन्न व्यक्ति र निकायहरुको भण्डाफोर गरिइएको रुकुम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढामगरले बताउनु भएको छ ।

२०७४ साउन २२ गते ३ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :