नहरमा डुबेर १ जनाको मृत्यु

दिल नेपाल / चितवन, साउन २४ : चितवनको भरतपुरमा नहरमा डुबेर एक पुरुषको मृत्यु भएको छ । भरतपुर–१४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए । सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल ल्याइएकोमा उनको दिउँसो ३ बजे मृत्यु भएको थापाले जानकारी दिनुभयो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । घटना हुनुअघि उनले मदिरा सेवन गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । यता चितवनको भरतपुर–६ की ३३ वर्षीया रञ्जना श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

२०७४ साउन २२ गते ११ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :