चिनियाँ सपना : शान्तिपूर्ण उदयको निरन्तरता

चीन–फ्रान्स कूटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव मनाउन पेइचिङ रिभ्युले फ्रान्सका भूतपूर्व प्रधानमन्त्री र फ्रान्सेली राज्यसभाका वर्तमान उपाध्यक्ष जिन–पिएरे राफारिनसँग विशेष अन्तर्वार्ता लिएको थियो । धेरै वर्षसम्म दुई देशबीच राफरिन महत्वपूर्ण सेतु थिए । उनीसँग लिइएको अन्तर्वार्ता प्रस्तुत छ –

»»पेइचिङ रिभ्यु : दुई देशले कूटनैतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाइरहेको यस घडीमा चिनियाँ–फ्रान्सेली सम्बन्धबारे तपाईंको समग्र विचार के हो, बताइदिनुहुन्छ कि ?

जिन पिएरे राफरिन : चीन र फ्रान्सबीचको सम्बन्ध उत्कृष्ट छ । हालसालै औपचारिक भ्रमणहरू वास्तविक सफलताहरू हुन् र हाम्रो रणनीतिक साझेदारी बलियो छ । हामीले हाम्रो आर्थिक आदान–प्रदानलाई राजनीतिक सम्बन्धको तहमै राख्नु उपयुक्त हुन्छ । यो हाम्रो साझा भविष्यको लागि प्राथमिकताको विषय हो । यस वर्षमा भइरहेको ४ सय वटा मित्रवत् आयोजनाहरूले यसमा योगदान पु¥याउनेछन् ।

»»पेइचिङ रिभ्यु : राष्ट्रपति भालेरी जिस्कार्ड दे स्ताताँको प्रतिनिधि मण्डलको एक सदस्यको रूपमा १९७६ मा तपाईंले चीनको पहिलो भ्रमण गर्नुभएको थियो । त्यसबेला तपाईंको कार्य के थियो ? चीनबारे तपाईंको पहिलो प्रभाव कस्तो थियो ?

जिन पिएरे राफरिन : १९७१ मा हङकङ र मकाउमा म पहिल्यै गइसकेको थिएँ । हामीले टाढाबाट चीनको मुख्य भूमिको अवलोकन गर्दै थियौं । यो चित्ताकर्षक र रहस्यमय थियो । मैले पहिल्यै यस क्षेत्रका महान् चिनियाँ जनताको प्रभावबारे जानकारी लिंदै थिएँ । त्यसपछि मैले चीनको उत्तर पूर्वी सहर हा आर पीनबाट कुआङचऊ  भ्रमण गरी चीनलाई छिचोलें । गाह्रो अवधि थियो । यद्यपि चीनले भोगिरहेको परीक्षाबाट टाढा रहेर चिनियाँहरूको प्राचीन र मनमोहक सभ्यतालाई फ्रान्सले प्रेम गथ्र्यो भन्ने कुरा बताउनलाई हामी आएका थियौं । चिनियाँ जनतासँग व्यवहार गर्दा मैले सजिलो अनुभव गरें । हामीबीच सबै कुरो हुँदाहुँदै पनि मैले कहिल्यै नओइलाउने विकटताको अनुभूत गरें ।

»»पेइचिङ रिभ्यु : तपाईंको प्रधानमन्त्रीत्वकालमा चीन र फ्रान्सबीच अनुकूल राजनीतिक सन्दर्भमा आर्थिक र सांस्कृतिक सम्बन्ध छिटछिटो विकास भयो । कुन घटनाले तपाईंलाई विशेष प्रभाव पा¥यो ?

जिन पिएरे राफरिन : मलाई विशेष रूपले सन् २००५ मा भएको सांस्कृतिक आदानप्रदान वर्षको सम्झना छ । हाम्रा दुई देशका जनताबीचको मित्रता त्यसले ठूलो योगदान ग¥यो । नीलो, सेतो र रातो रंगमा रातो आइफिल टावर शाङ्घाई टीभी टावरको दृष्यलाई मैले कहिल्यै भुल्न सक्दिनँ । थिएन चीन  मा विशालकाय वायुयान उद्योग स्थापना मेरो लागि ठूलो क्षण थियो । रााष्ट्रपति हुले होटल मातिगोन प्रधानमन्त्रीको निवासमा गर्नुभएको विशिष्ट भ्रमणको मलाई गाढा सम्झना छ । भूकम्पपछि सिचुआनका जनताले देखाएको साहस म बरोबर सम्झन्छु ।

»»पेइचिङ रिभ्यु : २००८ र २००९ को बीच द्वीपक्षीय सम्बन्ध विग्रँदा फ्रान्सेली र चिनियाँहरूबीच विभिन्न जानकारी आदानप्रदान गर्ने सबैभन्दा महत्वपूर्ण व्यक्ति तपाईं हुनुहुन्थ्यो । त्यसबेला तपाईंको भूमिकालाई के कसरी मूल्यांकन गर्नुहुन्छ ?

जिन पिएरे राफरिन ? इमानदार भएर चिनियाँ अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा हुनु नै सबैभन्दा राम्रो उपाय भएको कुरा मैले अनुभवबाट सिकेको थिएँ । वार्ता धेरैजसो प्रत्यक्ष हुनुपर्छ, तसर्थ हामीले के कुरा बुझ्नु आवश्यक छ भने हाम्रो घरेलु विवादमा चिनियाँहरू अल्झिन चाहँदैनन् । यो आधुनिक विश्वमा चीनमा रहुञ्जेल मित्र र युरोपमा फर्केपछि शत्रु बन्ने काम सम्भव छैन । तसर्थ, पश्चिमेली सञ्चार माध्यमबाट पश्चिमले चीनलाई पश्चिमेली पाठ सिकाउँदा चिनियाँहरूले यसलाई महत्व दिंदैनन् । विश्वासको छनोटलाई कायमै राख्न कोही मध्यस्थकर्ताबिना नै म प्रत्यक्ष वार्ताको पक्षमा थिएँ । आपसी सम्मान निर्माण गर्न हामीले (प्रधानमन्त्री) लि खछ्याङसँग राम्ररी काम ग¥यौं ।

»» पेइचिङ रिभ्यु : सिराक  त चिनियाँ काँसको कारखाना देखेर भावविभोर हुनुभयो र तपाईं चिनियाँ साहित्य र कवितामा चाख राख्नुहुन्छ । तपाईं कुन प्राचीन वर्तमान लेखक र कविहरूलाई सबैभन्दा बढी मन पराउनुहुन्छ ?

जिन पिएरे राफरिन : मलाई त साँच्ची नै थाङ्ग वंशका (६१८–९०७) प्रसिद्ध कविहरू तु,फु. , पाइ च्युई, लि पाई  र मङ्ग हाओआन  मन पर्छ । मलाई आधुनिक कविता पनि मन पर्छ, उदाहरणको लागि मेरा मित्र लि चाओसिङ  को कविता । म फान चङ्ग का चित्रहरू र फान यिफु ले बनाएका पहाड पर्वतका चित्रहरू र लि सिनले कोरेका चित्रहरू मन पराउँछु । चीनमा छक्क पार्ने असंख्य वस्तुहरू छन् । चीनका संग्रहालयहरू अद्भूत छन् ।

»»पेइचिङ रिभ्यु : चीनबारे अध्ययन अध्यापन गराउने पूर्ण विश्वविद्यालयसरहको प्रशिक्षण केन्द्र स्थापना गर्ने पहिलो पश्चिमेली मुलुक फ्रान्स नै थियो । अन्य देशहरूसँग तुलना गर्दा फ्रान्सको चीनबारे अध्ययन अध्यापनका सबल पक्षहरू र फाइदाहरू के के देख्नुभएको छ ? हाम्रा दुई मुलुकहरूबीच विभिन्न क्षेत्रमा हुने आदन प्रदान र सहकारी तहमा गरिने निर्णयहरूमा फ्रान्सेली चीनविद्हरूले के कस्ता भूमिका खेले ?

जिन पिएरे राफरिन : फ्रान्कोइस जुलिएनजस्ता बुद्धिजीवीहरूले प्रदर्शन गरेका प्राचीन र गम्भीर चिनियाँ विचारले २१औं शताब्दिको विश्वले सामना गर्ने वास्तविकतालाई अझ राम्ररी बुझ्न सहयोग पु¥याउनेछ । एड्गर मोरिन  जस्ता विचारकले प्रस्ताव गरेको ‘जटिल विचार’ चिनियाँ चरम सम्मोहित हाम्रो पश्चिमी समाजमा हामीलाई जिउन मद्दत पु¥यायो । थुप्रै समाजमा मेलमिलापपूर्वक बस्ने इच्छा आकांक्षामा बृद्धि ग¥यो । चीनले हामीलाई ‘सत्य’ भन्ने शब्द बहुवचनमा लेख्न सिकायो भने हामीलाई एक वचनमा लेख्ने वानी परिसकेको थियो ।

»»पेइचिङ रिभ्यु : चीनसँग कुटनैतिक सम्बन्ध स्थापना गर्ने पहिलो प्रमुख पश्चिमेली शक्ति फ्रान्स नै थियो, यद्यपि हाम्रा दुई मुलुकहरूबीच सम्भावना भएअनुसार आर्थिक र वाणिज्य क्षेत्रमा जति बढी आदान–प्रदान हुनसक्ने हो त्यति भएको छैन । हामीले के कसरी हाम्रा दुई मुलुकबीचको परिपूरक प्रकृतिलाई बल प्रदान गर्न सक्छौं भविष्यका सम्भावनाहरू के के छन् ?

जिन पिएरे राफरिन : आदान–प्रदानमा सन्तुलन कायमै राख्ने राम्रो उपाय भनेको हामीले फ्रान्समा बढी भन्दा बढी चिनियाँ लगानीलाई आकर्षित गर्नु हो । फ्रान्स–चीन समितिको चिनियाँ मञ्चको अध्यक्षको हैसियतमा मैले यस क्षेत्रमा धेरै काम गरेको छु । कृषि, ऊर्जा, स्वास्थ्य र स्थिर सहरहरू जस्ता क्षेत्रहरूमा आपसी हितका धेरै राम्रा राम्रा सम्भावनाहरू छन् । हामीले हाम्रो आर्थिक सहयोग  (साना र मध्यमखालका व्यवसायहरू) को भूमिकालाई विकास गर्न गराउन प्रयत्न गर्नुपर्छ । त्यसैले हाम्रा दुई मुलुकहरूबाट १००० वटा कम्पनीहरूलाई ल्याएर सन् २०१४ अक्टोबरमा हामीले छुङ्गतुमा पश्चिमेली मेला संरचनाअन्तर्गत फ्रान्को चिनियाँ शिखर सम्मेलनको आयोजना गर्नेछौं । यसो हुनु नै कुटनैतिक सम्बन्धको ५० वर्षको उत्सव मनाउँदा आर्थिक रूपे सबैभन्दा उपलब्धीमूलक समय हुनेछ ।

»»पेइचिङ रिभ्यु : के प्रतिवेदन दिइएको छ भने फ्रान्स चीनसँग मुद्रा विनिमय सहमतिमा प्रवेश गर्न चाहिरहेको छ । यसबाट लण्डनसँग प्रतिष्पर्धा गर्नसक्ने गरी समुद्रपारीको केन्द्र बन्नेछ । चीनको विशेष मुद्रा  व्यापार क्षमता उकासिनेछ । यो सहमति कहिले हुन्छ होला ? यसबारे तपाईंको के विचार छ ?

जिन पिएरे राफरिन : यो सर्वश्रेष्ठ अगुवाई हो । हामीले यसमा निकै गम्भीरतापूर्वक काम गरिरहेका छौं । पेरिसमा पहिल्यै स्थापना भइसकेको चिनियाँ बैंकले केही रुचिकर सल्लाहरू दिएको छ । ५० औं वार्षिकोत्सवमा बाहिर आउने र राम्रा राम्रा पक्षहरू मध्ये यो पनि एउटा हुने कुरामा म आशावादी छु ।

»»पेचिइचिङ रिभ्यु : नयाँ नेतृत्वले अघि सारेको “चिनियाँ सपना” को धारणालाई तपाईंले कसरी बुझ्नुहुन्छ ?

जिन पिएरे राफरिन : यो नयाँ चिनियाँ सरकारले अघि सारेको महत्वाकांक्षा हो । हाम्रो लागि यो ‘सुधार र खुलापन’ को खोज हो र यसैबेला चीनमा ‘नागरिक समाज’ को प्रादुर्भावबारे ध्यान पु¥याइनेछ । राष्ट्रपति सि जिङपिङको समुपस्थितिमा बोआओ मञ्च  भेलामा ‘समावेशी वृद्धि’ को विचारबारे छलफल गरेको योजनालाई मैले देखेको छु ।

»»पेइचिङ रिभ्यु :यस अवधारणालाई फ्रान्समा कसरी प्रस्तुत गरिएको छ ?

जिन पिएरे राफरिन :  भावुक मुलुकहरूमा सपनाहरू शक्तिशाली विचारधारा हुने गर्छ । चिनियाँ राजनीतिमा एकताको बलियो मूल्य हुने कुरालाई हामीले राम्ररी बुझ्छौं । तसर्थ जनतालाई एकत्र गर्ने धारणाको रूपमा एउटा दूरदृष्टिलाई अघि सार्नु आवश्यक छ । चिनियाँ सपनालाई फ्रान्समा राम्ररी ग्रहण गरिएको छ किनभने यो कुनै आक्रामक महत्वाकांक्षा नभएको (कानुनसम्मत) न्यायसंगत छ । चिनियाँ सपना र चिनियाँ जनतालाई प्रिय लाग्ने ‘शान्तिपूर्ण उदय’ को धारणा माझमा निश्चय पनि निरन्तरता छ ।

»»पेइचिङ रिभ्यु : सन् २००९ मा तपाईंले धधध। षभलन।अयm मा एउटा चिनियाँ ब्लग सुरु गर्नुभएको थियो । तपाईंले चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपले सम्पर्क राख्न वेइपोको प्रयोग पनि गर्नुभयो । यो एकाउन्ट खोल्न तपाईंलाई कैले प्रोत्साहित ग¥यो ? तपाईंले हामीलाई बताउन सक्नुहुने त्यस्तो कुनै चाखलाग्दो प्रसङ्ग छ कि ?

जिन पिएरे राफरिन : म चिनियाँ समाजलाई धेरै ध्यान दिन्छु । चीनले भविष्यमा यस संसारलाई ठूलो प्रभाव पार्नेछ । फ्रान्समा युवाहरूलाई तिनीहरूको भविष्य एसियासँग बाँड्नुपर्छ भनी मैले व्याख्या गर्न कोसिस गर्दैछु । जस्तो कि मेरो पुस्ताको जीवन अमेरिकाको एउटा हिस्सा रहेको थियो । इन्टरनेटले चिनियाँ समाजको वास्तविकताको एउटा राम्रो दृश्य प्रदान गर्दछ । म विशेषगरी चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूको संवेदनशीलता र शुद्धताको प्रशंसा गर्छु ।

»»पेइचिङ रिभ्यु : चीनमा तपाईंको कार्य र तपाईंको अनुभवबारे संक्षेपमा बताइदिन सक्नुहुन्छ कि ?

जिन पिएरे राफरिन : मेरो पेशागत जीवनको तृतीयांश व्यापारमा काम गर्दै बित्यो, अर्को तृतियांश क्षेत्रीय र राष्ट्रिय जिम्मेवारीमा (क्षेत्रीय अध्यक्ष र प्रधानमन्त्रीको रूपमा) समर्पण गरें, अन्तिम तृतियांश त धेरैजसो अन्तर्राष्ट्रिय मामला (अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डल) को जिम्मा लिने राज्यसभाको उपाध्यक्ष, बोआओ दबु  र फ्रान्स–चीन समितिमा समर्पण गरें ।
गत वर्ष मैले चीनको ६ पटक भ्रमण गरें । अहिले म चीनका धेरै क्षेत्रहरूसँग परिचित छु । चिनियाँ भाषा सिक्दै गरेकी मेरी जहानको साथमा एउटा अत्याधुनिक पानी जहाजमा बसेर याङ्त्सी नदीमा घुमें । चीनमा कतिपटक भ्रमण गरें भन्ने कुरा अहिले गन्न म असमर्थ छु । म सधँै अर्को चीन भ्रमणको लागि तयारी गरिरहेको छु ।

»»पेइचिङ रिभ्यु : चीन र फ्रान्सबीचको जुम्ल्याहा सहरहरूको सम्मानमा केही कुरा भन्नुहुन्छ कि ?

जिन पिएरे राफरिन : म फ्रान्सको पोइतोउचारेनतेस  क्षेत्रको कोग्नाग काउन्टि अध्यक्षमा चुनिंदा मैले कुआङ्सीस्थित नाननिङ्गमा एउटा सम्बन्ध निर्माण गरें । यो सम्बन्ध निकै आशालाग्दो थियो । त्यसबेला धेरै राम्ररी काम गरिरहेका फ्रान्सेली र चिनियाँ सहरहरूबीच केही सम्बन्धहरू थिए । एकआपसमा सहयोग गर्ने यो एउटा राम्रो उपाय हो । चिनियाँ र फ्रान्सेली नगरप्रमुखहरूको वार्षिक गोलमेच वार्ता लिले  मा यही वसन्त ऋतुमा हुनेछ । विकेन्द्रित साझेदारी आपसी सहयोगको आधुनिक एउटा रूप हो ।

२०७४ साउन २२ गते १० : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :