जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंंह धामीको हत्याको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले विरोधसभा गरेको छ । सिन्धुपाल्चोकको खाडीचौर बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोका जिल्ला सचिव युगीनले अहिलेको दलाल संसदीय सत्ताका मतियारहरुले घटनाको दोषीलाई सत्यतथ्यसहित बाहिर ल्याउन डराएको र जयसिंह धामीको हत्यारा पन्छ्यान विभिन्न वक्तव्यबाजी गरि ढाकछोप गर्न खोजेको बताएका छन्  ।  युगीनले नेपाल र नेपाली माथिको भारतीय दादागिरी एउटा स्वाभिमान नेपाली, नेपाल कम्युनिस्ट पार्टीलाई कहिल्यै पनि सह्य नहुने भन्दै यसको प्रतिरोधको लागि एकीकृत जनक्रान्ति बाटोमा लामबद हुन पनि अपिल गरे । यो संसदीय दलाल पुजीवादी व्यवस्थाबाट जनताको रक्षा र मुक्ति सम्भव नभएकोले अब नेपाली जनताले जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था चुन्न पाउनु पर्ने माग गरे ।

विरोध सभा हुनुअघि नाराजुलुससहित खाडीचौर बजारको परिक्रमा गरिएको थियो । विरोधसभा कार्यक्रममा जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरे, युवा संगठन नेपालका जिल्ला संयोजक सुमन, जिल्ला सदस्य अमर लगायत अन्य जिल्ला सदस्यहरु र स्थानीय जनताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन युवा संयोजक सुमनले गरेका थिए । कार्यक्रममा सहभागीहरुले एकीकृत जनक्रान्ति  जिन्दावाद, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपालीमाथि हत्या, हिंसा बन्द गर, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतीय सिमाना ज्यादती बन्द गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला संगठन समितिले भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामीको हत्याको विरोधमा २ ठाउँमा विरोध सभा गरेको छ । शैलुङ गाउँपालिका वडा नम्बर ७ मा भएकाे सभालाई जिल्ला सदस्य सोम पाख्रिनले सम्बोधन गरेका थिए भने कार्यक्रम युवा संगठनका जिल्ला संयोजक भरत घिसिङले संञ्चालन गरेका थिए । सभालाई सम्बोधन गर्दै यहि संसदीय व्यवस्थाका कारण जय सिह धामीले जस्ता भारतीय सिमामा दैनिक कयौं नेपालीले ज्यान गुमाएका छन् । त्यसैले भारतीय साम्राज्यवादका हैकमका विरुद्ध सबै एक हुनुपर्ने बताए । विराेध कार्यक्रम कालिन्चोकमा मा पनि भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :