दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न भएको छ ।

तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा सङ्घर्ष गर्ने, सङ्गठन बिस्तारलाई व्यापक बनाउने, मोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी अभियान सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरिएको मोर्चाका केन्द्रीय सदस्य निशान विकले बताएका छन् ।

सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात प्रमुख अतिथि, अतिथिहरू मोर्चाका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज निशान विक, अखिल (क्रान्तिकारी) पाल्पा अध्यक्ष लंकबहादुर राना लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता एवम् सञ्चालन लालबहादुर ठडराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :