जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । शनिबार पोखराको सृजनाचोकस्थित नेपाल कम्युनिस्ट पार्टी कास्कीले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय आयोजना अन्तर्गत भएको उक्त विरोध प्रदर्शन कार्यक्रममा प्लेकार्ड, साथै जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।

उक्त कार्यक्रममा नेकपा कास्की जिल्ला सदस्य अटलले दलाल राज्यले तुईन मुक्त राष्ट्र घोषणा गरेपनि देशमा यस्ता घटना घट्नु निन्दनीय रहेको र संसदीय व्यवस्था बोल्ने एउटा र गर्ने अर्को भन्ने काम प्रमाणित भएको बताए । उनले हामी गोबिन्द गौतमको हत्या गर्दा बोल्यौँ, देवनारायण शाहलाई गिरफ्तार गर्दा बोल्यौँ, लिपुलेक कालापानीको बिषयमा बोल्यौँ यस्तै नेपालको इतिहासमा सिमानामा काँडेतार लगाउने पहिलो पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको भन्दै नेपालको राष्ट्रिय स्वाधीनताको रक्षक नेकपा हो भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको समेत बताए ।

यस्तै प्रदर्शनलाई सम्बोधन गर्दै अटलले दिनदिनै सिमानामा भारतीय सम्राज्यवादले दादागिरी देखाउँदा पनि चुक्क नबोल्ने नेपालको शासकहरू र लेण्डुपहरू एकै हुन् त्यसैले पुँजीवाद लेण्डुप जन्माउने व्यवस्था हो त्यसकारण यसलाई ध्वस्त गर्दै हामी वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) पिएन जिल्ला समितिका अध्यक्ष उपेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :