दःखद समाचार

काठमाडौ / साउन २३ :  नेकपा, डोटीका सचिवालय सदस्य प्रकाश थापाले साउन २० गते शुक्रबार राजपुरदेखि चबरा चौतारा जाँदै गर्दा राती १० बजे बोगोटानको गगुटामा शैलेश्वरी यातायातको से १ ज ४९१ को जीप दुर्घटना हुँदा मिमचौरको चपरटोलाका ८ जना र चालकसहित ९ जनाको मृत्यु र ७ जनाको गम्भीर घाइते भएको घटनाले पार्टी मर्माहत भएको बताउनु भएको छ । आइतबार अपरान्ह एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले ड्राइभरको लापर्बाही नियम विपरित चलाउनाले दुर्घटना भएको बताउनु भएको छ । साथै जिल्ला प्रशासनमार्फत सर्वदलीय निर्णय अनुसार कच्चि बाटोमा साँझ ६ बजे पछि सवारी नचलाउने सहमती हुँदा–हँुदै पनि चलाएको र मादक पदार्थ सेवन गरेर चलाएकोमा नेकपा, डोेटीले घोर आपत्ति जनाएको छ । उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।

२०७४ साउन २२ गते ६ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :