चीनको नरम शक्तिश्रोत

काठमाडौं / साउन २३ : ब्रिक्स र सांघाई सहयोग संगठन (SCO) लाई चीनको नरमशक्ति (Soft Power) भन्ने गरिन्छ । परम्परागत दुश्मनी भएका भारत र पाकिस्तान सांघाई सहयोग संगठनको सदस्य भएका थिए । सन् २०१७ जुन ८ र ९ मा वाल्टिक गणराज्य कजाकस्तानमा भएको शिखर सम्मेलनमा नरेन्द्र मोदी र नवाब सरिफ सहभागी भएक थिए । बाल्टिक मनराज्यमा अमेरिकी प्रभाव घटाउने मुख्य उद्देश्यले चीन र रुसको पहलकदमीमा सांघाई सहयोग संगठनको स्थापना गरिएको हो । सन् २०१४ बाट SCO को बिस्तार वाल्टिक गणराज्य भन्दा बाहिर गरियो । त्यसपछि नै भारत र पाकिस्तानसमेत सो संगठनको सदस्य भएका हुन् । १५ जुन २००१ मा SCO गठन भएको थियो । पाकिस्तान नियन्त्रित तर भारतकोसमेत दाबी रहेको कास्मिर हुँदै रेशम मार्ग जाने भएपछि भारत क्रुद्ध भएको हो । तर भारत त्यसलाई रोक्न सक्ने औकात राख्दैन । त्यसको मनोविज्ञानसमेत डोक्लाम तनाबमा जोडिएको छ ।

२०७४ साउन २२ गते १२ : ००  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :