नेकपा डोटीको सम्पर्क कार्यालय उद्घाटन

नेकपा डोटीको सम्पर्क कार्यालय उद्घाटन

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको जिल्ला सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । डोटीको सिलगढी बजारमा सम्पर्क कार्यालयको नेकपा केन्द्रीय सदस्य तथा डोटी जिल्ला इन्चार्ज डबलबहादुर शाह ‘प्रशान्त’ ले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शाहले नेपाल कम्युनिस्ट पार्टी न्याय, समानता र जनअधिकारका लागि सङ्घर्षमा रहेको बताउँदै जनतालाई आफ्ना समस्या पार्टीमा पुर्याउन र सम्पर्क गर्न सजिलो होस् भन्ने उद्देश्यले सम्पर्क कार्यालय खोलिएको बताए । उनले एकीकृत जनक्रान्ति जनतालाई अधिकार सम्पन्न बनाउने महान् अभियान भएको र उक्त अभियानमा गोलबन्द हुन समेत जनसमुदायलाई अनुरोध गरे ।

नेकपा डोटी सेक्रेटरी निलम ओलीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक जंग विक लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका जिल्लास्थित नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन दिपायल सिलगढी नगर इन्चार्ज कृष्ण बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :