विप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा राहत वितरण

विप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा राहत वितरण

अर्घाखाँची: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची अन्तरगत भुमिकास्थान नगर कमिटीले दुई वर्षदेखि प्यारालासिस पीडित खिम बहादुर नेपालीलाई राहत वितरण गरेको छ । भुमिकास्थान वडा नं. ९ हराचौर निवासी प्यारालाइसिस पीडित खिम बहादुर नेपालीको घरमा राहत वितरण गरेको छ । सुदिप नेपाली, गणेश नेपाली र विजय नेपालीको नेतृत्वमा प्यारालाइसिस पीडितलाई राहत वितरण गरिएको हो ।

पीडितलाई खाना समेत छिमेकीले खुवाएको अवस्थामा स्थानीय सरकार अथवा सरोकार वाला निकायको ध्यान पुर्‍याउने उद्धेश्यले दाल,चामल, तेल, नुन वितरण गरेको जनाइएको छ । राहत वितरणमा बोल्दै सुदिप नेपालीले सिहंदरबारको अधिकार गाउँ घर छरछिमेकमा भनिएता पनि स्थानीय बासीलाई स्थानीय सरकारको कुनै अनुभूति नभएको बताएका छ्न् । नगर इन्चार्ज नवीन खड्काले पटक पटक वडा अध्यक्ष र प्रशासकीय प्रमुखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको बताएका छ्न् । उक्त कार्यक्रमको सन्चालन गणेश नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :