कारबाहीमा परेपछि पार्टी छोडेको वक्तव्य

काठमाडौं / साउन २२ : नेकपाका पूर्वी केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ कारबाहीमा परेको ४ महिनापछि पार्टी छोडेको वक्तव्य जारी गरेको नेकपा स्रोतले दाबी गरेको छ । ४ महिना अघि नुवाकोटमा सम्पन्न आठौं केन्द्रीय समितिको तेस्रो बैठकले चुनाव परस्त, भ्रष्टाचार र शंकास्पद गतिविधीका कारण उनलाई भेरी ब्युरोबाट हटाएको थियो । भने साउन ९–१३ को चौथो केन्द्रीय समिति बैठकले केन्द्रीय समितिबाट हटाएर पार्टी सदस्यमा झारेको थियो ।

 

२०७४ साउन २२ गते ६ : २४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :