नुवाकोट सेक्रेटरी सम्मानित / विद्यार्थी नेतालाई स्वागत

अम्बिका चन्द / चितवन, साउन २१ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोले चुनाव खारेजी अभियानको क्रममा पक्राउ पश्चात रिहा भएका नुवाकोटका जिल्ला सेक्रेटरी सागर तिमल्सिनालाई सम्मान गरेको छ । सनिबार दिउँसो चितवन, भरतपुरमा भएको पश्चिम ताम्सालिङ ब्युरोको बैठकमा उहाँलाई सम्मान गरिएको हो । तिमल्सिनालाई नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज मोहनलाल चन्द ‘आधार’ र नेकपा केन्द्रीय सदस्य प्रज्वलनले दोसल्ला र टिका लगाएर अभिनन्दन गर्नु भएको हो । सम्मानित हुने सागर तिमल्सिनालाई नुवाकोट प्रहरीले वैशाख २९ गते शेराबाट प्रक्राउ गरि जेठ १७ गते रिहा गरेको थियो । त्यसैगरी अखिल (क्रान्त्तिकारी) का केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङलाई पश्चिम ताम्सालिङ ब्युरोमा स्थानन्तरण भएको हुनाले बैठकमा  स्वागत गरिएको हो ।

२०७४ साउन २१ गते ८ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :