सर्लाहीको चन्द्रनगर गाउँपालिकाको संयोजकमा मन्सुर

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको संयोजकमा मन्सुर

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीको चन्द्रनगरमा प्रथम नगरभेला सम्पन्न भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालीकामा शनिबार पार्टीको नगरस्तरिय भेला सम्पन्न भएको हो ।

भेलाले १९ सदस्यीय नगरकमिटी चयन गरेको छ । जिल्ला सेक्रेटरी कमल सुस्लिङको प्रमुख आतिथ्यतामा भएको भेलाले जुमराती मन्सुरको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा गोबिन्द पासवान, राकेश कुमार महतो, शिवचरण माँझी, बलराम महतो, राजकुमार महतो, मरु माँझी लगायत १९ जना छन् ।

भेलामा सेक्रेटरी सुस्लिङसँगै चन्द्रनगर गाउँपालिका इन्चार्ज किशुनदेव शर्मा, जनपत्रकार सङ्गठनका जिल्ला संयोजक राजेश पाठक लगायत नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :