विश्वनेताका सांस्कृतिक चिन्तन

पदार्थ, चेतना र प्रतिबिम्बन – कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स

१. आफ्नो जीवनको सामाजिक उत्पादन गतिविधिमा मान्छे यस्तो खास सम्बन्धमा बाधिन्छ, जुन अपरिहार्य र मान्छेको चाहनाभन्दा स्वतन्त्र हुन्छ । उत्पादन–सम्बन्धको यो पक्ष उत्पादनको भौतिक शक्तिको विकासको एउटा निश्चित तहअनुरूप हुने गर्दछ । यस्तो उत्पादन–सम्बन्धको पूर्ण योग नै समाजको आर्थिक ढाँचा हो । यो असली आधार हो, जसमाथि कानुनी, राजनीतिक माथिल्लो ढाँचा (उपरीसंरचना) उभिएको हुन्छ र यसैअनुरूप सामाजिक चेतनाको निश्चित रूप निर्माण हुने गर्दछ । भौतिक जीवनको उत्पादन प्रणालीले जीवनको समग्र सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निर्धारण गर्दछ । मान्छेको चेतनाले उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु यसको साटो उसको सामाजिक अस्तित्वले नै उसको चेतनालाई निर्धारण गर्दछ । आफ्नो विकासको एउटा खास स्थितिमा पुगेर समाजको भौतिक उत्पादन शक्तिहरू तत्कालीन उत्पादन–सम्बन्धहरूसित अर्थात् यसैलाई कानुनी शब्दावलीमा यसो पनि भन्न सकिन्छ– ती सम्पत्ति सम्बन्धहरूसित टकराउँछन् । जसअन्तर्गत त्यस समयमा उनीहरूले काम गर्नुपर्ने हुन्छ । यस्तो सम्बन्ध उत्पादन शक्तिहरूको विकासअनुरूप नरही त्यसका लागि वाधक बन्ने गर्दछन् । अनि सुरु हुन्छ, सामाजिक क्रान्तिको युग । आर्थिक आधारमा फेबदल हुने गर्दछ । यस्तो रूपान्तरणमाथि विचार गर्दा एउटा विभेदलाई हमेसा ध्यानमा राख्नुपर्दछ । एकातिर उत्पादनका साथ निर्धारित गर्न सकिन्छ । अर्कातिर ती कानुनी, राजनीतिक, धार्मिक, सौन्दर्यबोधात्मक तथा दार्शनिक सङ्क्षिप्तताभन्दा विचारधारात्मक रूप छ, जसमाथि मान्छे यस टक्करप्रति सचेत हुन्छ र त्यससित सङ्घर्ष गर्दछ । कुनै व्यक्तिले आफ्नो बारेमा के सोच्दछ भने कुराबाट हाम्रो उसप्रतिको धारणा निमार्ण हुन्न । त्यसैगरी हामी रूपान्तरणसम्बन्धी त्यस युगको बारेमा स्वयम् त्यस युगको चेतनाको आधारमा नै समाजका उत्पादन–शक्तिहरू र उत्पादन–सम्बन्धहरूको वर्तमान टक्करका आधारमा नै यस किसिमको चेतनाको व्याख्या गरिनुपर्दछ ।

समाजवाद र धर्म – भीआई लेनिन

UNSPECIFIED – MAY 06: Lenine (Vladimir Ilitch Oulianov 1870-1924) russian leader who led the October Revolution in 1917, here in 1919 (Photo by Apic/Getty Images)

धर्म आर्थिक शोषणको एउटा यस्तो रूप हो जसले हरेक ठाउँ अरूका लागि निरन्तर श्रम गर्ने, अभाव र एकाङ्कीपनका कारण पहिलेदेखि संत्रस्त भएका जनसमूहको जीवनलाई अझ धेरै भार थपिदिएको छ । शोषकवर्गका विरुद्धको सङ्घर्षमा शोषितवर्गको अशक्तताले मृत्युपछि सुखद् जीवनको एउटा विश्वासको परिकल्पनाले त्यस्तै स्थितिको बोध गराएको छ जसरी प्रकृति–विरुद्धको सङ्घर्षका क्रममा आदिम जातिहरूको अनभिज्ञताले देउता, दानव, चमत्कार आदि कुरा हो सृष्टि गरिदिएको थियो । मान्छेहरू जो जीवनभर मिहिनेत गरेर पनि अभावै–अभावको जीवन व्यतीत गर्न वाध्य छन् धर्म, तिनलाई यस लोकमा विनम्र भएर धर्मवान हुन र परलोकमा सुख प्राप्त गर्ने आशा र सान्त्वनाको उपदेश दिने गर्दछ । परन्तु ती मान्छेहरू, जो अरूको श्रममा मोजमस्ती गर्छन् धर्म, यस जीवनमा मालिक बनेर दानदक्षिणा दिने उपदेश दिंदै शोषणको रूपमा उसको सम्पूर्ण अस्तित्व र औचित्य सावित गर्ने आधार प्रदान गर्दछ अनि स्वर्गमा आनन्द र सुख प्राप्त गर्ने सस्तो मोलमा टिकट बिक्री गर्ने गर्दछ । धर्म जनताका लागि अफिम हो । धर्म एकप्रकारको आत्मिक मदिरा हो (नशा) हो जसमा पुँजीका दासहरू आफ्नो मानवीय छबि धेरथोर मानवोचित जीवनका भागहरू पनि बगाउने गर्दछन् ।

त्यो दास जो आफ्नो दासत्वप्रति सचेत बनिसकेको छ, आफ्नो मुक्तिको लागि सङ्घर्षमा समाविष्ट भइसकेको छ । ऊ अर्धस्वतन्त्र भइसकेको छ । ठूला–ठूला कलकारखानामा काम गर्दै प्रशिक्षित बनेको आधुनिक वर्ग–चेतनशील मजदुर, सहरी जीवनद्धारा प्रवुद्ध बनेको मजदुर, धार्मिक पाखण्डलाई घृणापूर्वक अस्वीकार गर्दछ र स्वर्गको चिन्ताको कुरालाई पादरीहरू र पुँजीवादी धर्मान्धहरूलाई छाडेर एउटा सुन्दर जीवनको लागि सङ्घर्षरत रहन्छ । आजको सर्वहारावर्ग यस्तो समाजवादको पक्षधर बन्दछ जसले धर्मको कुहिरो–विरुद्ध विज्ञानको सहारा लिएर यस धर्तीमा सुन्दर जीवनको स्थापनाको सङ्घर्षका लागि वर्तमानका मजदुरहरूलाई एकजुट पार्दै मृत्युपछिको त्यो काल्पनिक विश्वासबाट मुक्त पार्दछ ।

धर्मलाई एउटा निजी मामिला ठान्नु ठीक हुन्छ । समाजवादीहरू प्रायः गरेर धर्मप्रतिको आफ्नो दृष्टिकोण यसै अर्थमा प्रयोग गर्दछन् तर यस भनाइको ठीक–ठीक व्याख्या गरेर मात्र गल्ती र भ्रमबाट बच्न सकिन्छ । अर्थात् यसको सही व्याख्या हुनु जरुरी छ । परन्तु जहाँसम्म हाम्रो पार्टीको कुरा छ, यसलाई हामी कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्तैनाँै । धर्मसँग राज्यको कुनै पनि सम्बन्ध हुनुहुन्न र धार्मिक सङ्घ–संस्थाको पनि सरकारी सत्तासित कुनै सरोकार हुनुहुन्न । प्रत्येक व्यक्तिलाई पूर्ण स्वतन्त्रता हुनु आवश्यक छ । उसले कुनै धर्म मानोस् अर्थात् नास्तिक नै किन नहोओस् जसरी सामान्य रूपमा एउटा समाजवादी हुने गर्दछ । धार्मिक विश्वासका आधारमा जनताका साथ भेद्भाव गर्नु सर्वथा असह्य छ । सरकारी कागजपत्रमा नागरिक र धर्मको प्रसङ्ग बिनाहिचकिचाहट समाप्त पारिदिन आवश्यक छ । चलिरहेका चर्चाहरूलाई कुनै सरकारी सहायता दिनुहुन्न, न त पादरी तथा अन्य धार्मिक सङ्घ–सस्थाहरूलाई राज्यका तर्फबाट कुनै किसिमको भत्ता नै दिनु ठीक हुन्छ । यिनीहरूले सम–विचार अवलम्बन गर्ने नागरिकहरूको पूर्ण रूपमा स्वतन्त्र संस्था बन्नुपर्दछ ।

नयाँ जनवादको संस्कृति – माओ त्से तुङ

कुनै खास संस्कृति, कुनै खास समाजको राजनीति र अर्थ–व्यवस्थाको विचारधारात्मक प्रतिबिम्बन हो । चीनमा साम्राज्यवादी संस्कृति छ, जुन राजनीतिक र आर्थिक क्षेत्रमा साम्राज्यवादी शासन वा आशिंक शासनको प्रतिबिम्बन हो । साम्राज्यवादीहरूले चीनमा सोझै सञ्चालित सांस्कृतिक सङ्गठनहरूले मात्र होइन, सबै लाज–शरम पचिसकेका थुप्रै चिनियाँहरूले पनि यस संस्कृतिलाई पोस्ने काम गरेका छन् । दास विचारधारा भएका सबै संस्कृति यसै फँटमा पर्दछन् । चीनमा यहाँको अर्धसामन्ती राजनीति र अर्थव्यवस्थालाई प्रतिबिम्बित गर्ने, अर्धसामन्ती संस्कृति पनि छ र नौलो संस्कृति तथा नौलो विचारहरूको विरोधमा कम्फुसियसको पूजा, उसका धर्मसूत्रहरूको अध्ययन, पुरानो नैतिक आचारसंहिता र पुराना विचारको पुर्पच्छे गर्ने सबै मानिसहरू यस संस्कृतिका धुपौरेहरू हुन् । साम्राज्यवादी संस्कृति र अर्धसामन्ती संस्कृति नजिकका दाजुभाइ हुन् र तिनले चीनको नौलो संस्कृतिले साम्राज्यवादी सांस्कृतिक एकता कायम गरेका छन् । यसखालको प्रतिक्रियावादी संस्कृतिले साम्राज्यवादीहरू र सामन्ती वर्गको सेवा गर्छ, त्यसैले यसलाई नष्ट गर्नुपर्छ । यसलाई नष्ट नगरी कुनै पनि खालका नौलो संस्कृतिको निमार्ण गर्न सकिंदैन । विनास नभई निर्माण हँुदैन, नथुनी प्रवाह हुँदैन र स्थिरता नभई गति हुँदैन । यी दुवै जीवन–मरणको सङ्घर्षमा अल्झिएका छन् ।
नौलो संस्कृतिको हकमा, यो नौलो राजनीति र नौलो अर्थ–व्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो र यसले तिनकै सेवा गर्छ ।

२०७४ साउन २१ गते ४ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!