भव्य अभिनन्दनमा नेता सुदर्शनले भने,–‘जेलबाट दिव्यास्त्र प्राप्त गरेर आएका छौं, अब जीत हाम्रै हुनेछ’

भव्य अभिनन्दनमा नेता सुदर्शनले भने,–‘जेलबाट दिव्यास्त्र प्राप्त गरेर आएका छौं, अब जीत हाम्रै हुनेछ’

दुई वर्ष लामो जेल जीवन बिताएर रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’  लाई भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा नेता सुदर्शनले सम्बोधन गर्दै जेल बसेर आउँदा आफुले ठूलो कष्ट सहेर दिव्यास्त्र प्राप्त गरेकाले अब आफूहरुकै जीत हुने बताए । राम्रो काम गर्नेहरु सबैलाई जेलमा राखेर यातना दिने गरिको भन्दै उनले आफु झन् बलियो बनेर फर्केको दाबी गरे ।

नेता सुदर्शनले अहिलेको जेल भनेको खराब देशमा असल मान्छेहरू बस्ने ठाउँ भएको बताएका छन् । महाभारतमा पाँच पाण्डवहरू पनि जंगलमा बसेर ठूलो त्याग गरेका कारण उनीहरूले युद्ध जितेको भन्दै नेता सुदर्शनले आफुहरुले पनि एकीकृत जनक्रान्तिमा जित हासिल गर्ने ठोकुवा गरे । अहिले देशका दलहरु दलाल भइसकेको भन्दै आफ्नो पार्टी मात्र वास्तविक पार्टी भएको सुदर्शनको दाबी थियो ।

सर्वोच्चको आदेशपछि रिहा हुनु भएका नेता सुदर्शनलाई नेकपा काठमाडौंले सार्वजनिक स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पार्टी नेताकार्यकर्ताहरूले टिका तथा खाँदा ओढाएर भव्य अभिनन्दन गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवि ढकालले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :