नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र सचिवालय सदस्य कञ्चनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान काठमाडौँमा भएको भेटमा महासचिव विप्लवले नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको छ ।

विशुद्ध राजनैतिक भेटघाट भनिएको उक्त भेटघाटमा समसामयीक राजनैतिक विषयमा छलफल भएको र तीनबुँदे सहमतिका विषय र खासगरी बन्दी रिहाइँका विषयमा छलफल भएको नेकपाको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :