गोर्खाल्याण्ड सम्भव छ त ?

अहिलेसम्म गोर्खाल्याण्ड हुन नसक्नुका दुईवटा बाधा छन् । पहिलो, पश्चिम बंगालभित्रका ४१ जना सांसद छन् । ती सबै बंगाली हुन् । गोर्खाल्याण्ड नहुनमा पार्टीको हैन, जातीको बाधा छ । कांग्रेसको सरकारले बाधा ग¥यो । अनि सीपीएमको ज्योती बसुको सरकार आयो । त्यस्तै ग¥यो । अहिले सीपीएमको सरकारले गोर्खाल्यण्ड भए ‘महासंग्राम’ हुने चेतावनी दिइरहेको छ । भोली भाजपाको सरकार आए पनि हामीले उही नियति भोग्नुपर्छ । कुनै पनि पार्टीको सरकारले गोर्खाल्यण्डको लागि ४१ जना सांसदलाई चिढ्याएर एक जना (दार्जिलिङका सांसद) लाई खुशी पार्न सक्ने देखिंदैन ।

दोस्रो बाधा के छ भने गार्खाल्याण्डको अवस्थिति ‘चिकन्सनेक’ क्षेत्रमा छ । दार्जिलिङको पश्चिम नेपाल, उत्तरमा चीन, दक्षिणमा बंलादेश र पूर्वमा भुटान जोडिएका छन् । यहाँ गोर्खाल्याण्ड दिइयो भने यो क्षेत्र कुनै पनि देशको प्रभावमा पर्न सक्छ भन्ने त्रास भारत सरकारलाई छ । अर्को नर्थइस्टको बेल्टमा सिक्किमदेखि मिजोरमसम्म पनि ‘हाम्रो देश फर्काइदे’ भन्ने आवाज पनि बेलाबेलामा उठ्ने गरेको छ । मणिपुरमा ४० भन्दा बढी सशस्त्र समूह छन् । केन्द्रको बजेटमध्ये आधा मात्रै सरकारले चलाउँछ, आधा सशस्त्र समूहलाई दिनुपर्ने हुन्छ । नागाल्याण्ड, मिजोरम, मेघालय, त्रिपुरा, असमआदि राज्यमा भारतप्रतिको घृणा अझै तीव्र छ । त्यही बेल्टमा गोर्खाल्यण्ड राज्य माग भइरहेको छ । हामीले हाम्रो माग जायज छ भनेर माग्नु ठीकै छ । तर दिनेले त राष्ट्रहितमा छ कि छैन, त्यो त पक्कै हेरिरहेको होला । त्यसैले यी समस्या गोर्खाल्याण्ड प्राप्तिको लडाइँका ठूला चुनौती हुन् ।

२०७४ साउन २१ गते १२ः०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :