अमेरिकी नाकाबन्दीले आत्मनिर्भता बढायो : उत्तरकोरिया

काठमाडौं / साउन २१ : अमेरिकाले उत्तरकोरियाको विरुद्ध वर्षौंदेखी नाकाबन्दी लगाउँदैं आएको छ । तर त्यसले उत्तरकोरियालाई खासै प्रभााव पार्न सकेको छैन । अमेरिकी सदनले हालै उत्तरकोरियाको विरुद्ध नाकाबन्दी कडा पार्ने विधेयक पारित गरेपछि प्योङयाङले अमेरिकी नाकाबन्दीले आफ्नो देशलाई कुनै असर नपरेको बरु आत्मनिर्भर बन्न प्रोत्साहित गरेको प्रतिक्रिया दिएका छन् । पछिल्लो दिनमा रुस, चीन र उत्तरकोरियाका सन्दर्भमा अमेरिकाले रक्षात्मक प्रतिक्रिया दिंदै आएको छ । त्यसलाई घढ्दो अमेरिकी प्रभावका रुपमा हेरिएको छ ।
२०७४ साउन २१ गते १० : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :