दोलखामा जनसंगठन तथा जनसेवा अभियान सुरु

दोलखामा जनसंगठन तथा जनसेवा अभियान सुरु

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी दोलखाको १० औँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । शुक्रबार सम्पन्न वैठकले जिल्लामा जनसंगठन तथा जनसेवा अभियान शुरु गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित नेकपाका केन्द्रीय सदस्य आधारले सहभागीहरुको रिपोर्टिङ, समसामयिक राजनीतिक स्थिति र पार्टी योजनाको बारेमा प्रशिक्षित दिएका छन् । यस्तै केन्द्रीय सदस्य तथा दोलखा–सिन्धुपाल्चोक इन्चार्ज प्रवीणले पनि समसामयिक बिषय र आगामी योजनाको बारेमा प्रशिक्षित गरे । बैठकले पार्टी विचार, एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा, वैज्ञानिक समाजवाद, जनमतसंग्रह, जनसंगठन, जनसंघर्ष, जनसेवा लगायत महत्वपूर्ण बिषयमा केन्द्रित रहेर असार २० देखि भदौ अन्तिमसम्म ‘जनसंगठन तथा जनसेवा अभियान’ घनिभूत रूपमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी आकाशले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :