महासचिव विप्लवको नेतृत्वमा कपिलवस्तुमा वृक्षारोपण

महासचिव विप्लवको नेतृत्वमा कपिलवस्तुमा वृक्षारोपण

शिवगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा बिहीबार कपिलवस्तुमा १८ सय बिरुवा वृक्षारोपण गरिएको छ ।

कपिलवस्तुको शिवगढी क्षेत्र र निर्माणाधिन नेकपाको केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको केन्द्रीय कार्यालय सचिव असलले जानकारी दिएका छन् ।

नेकपाले शिवगढीमा केन्द्रीय कार्यालय निर्माण कार्य सुरु गरेको छ । गत फागुनमा खुल्ला भएका विप्लव धेरैजसो समय गृह जिल्ला कपिलवस्तुकै श्रमदान मै सक्रिय छन् । शिवगढीमै नेकपाले जनस्वास्थ्य केन्द्र समेत निर्माण सुरु गरेको छ । महासचिव विप्लवले गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका थिए । भवनको शिलान्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराएका थिए ।

उक्त कार्यालय निर्माण समितिको इन्चार्ज सञ्जिवलाई बनाइएको छ भने अध्यक्ष नन्दलाल पुरी रहेका छन् । शिवगढी क्षेत्र र सोही कार्यालय परिसर वरपर विप्लवको नेतृत्वमा बिहीबार वृक्षारोपण गरिएको हो ।भिडियो…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :