कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा

कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कास्कीले जनयुद्धका सहिद बिजयराज बास्तोला ‘अजित’ को १७ औँ स्मृति सभा सम्पन्न गरेको छ । बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान् गर्दै नेकपा कास्कीले उहाँको घरमा पुगी स्मृति सभा सम्पन्न गरेको हो ।

जनयुद्धमा तत्कालिन शाही नेपाली सेनाद्वारा अन्य साथीहरू सहित गिरफ्तार पछि अजितलाई निर्मम हत्या गरेको थियो । २०६१ साल असार १६ गतेका दिन उहाँको हत्या भएको हो ।

सहिद बिजयराज बास्तोला बाबु कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्ध गाविस १, टाकान्जा कास्कीमा जन्मनु भएको हो । उहाँका श्रीमती खिमादेबी बास्तोला, भाई उदयराज बास्तोला, दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरू पबित्रा र अस्मिता बास्तोला हुनुहुन्छ ।

अजित जनयुद्धकालमा २०५६ जेठ १ गतेदेखि पार्टीको पुर्णकालिन कार्यकर्ता हुनुहुन्थ्यो । पार्टीको योजनामा उहाँ पश्चिम रोल्पा, रुकुमसम्म अभियान कर्मीको हैसियतमा सहभागिता जनाउनु भएको थियो भने साहादत समय नेकपा (माओवादी) इलाका पार्टी सदस्यको भूमिकामा रहेर काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :