मानव समाज र वर्गसङ्घर्ष

मानव समाजको उत्पत्ति मानव उद्विकाशका चरणहरू साथै ऐतिहासिक आदिम साम्यवादी युग, दासयुग, सामान्तवादी युग, पुँजीवादी युग हुँदै भूमण्डलीकृत साम्राज्यवादी युगसम्म आउँदा मानवजातिले अकल्पनीय प्राकृतिक प्रलय विकाराल महामारी विध्वंशक युद्ध र विश्वयुद्धहरू साथै क्रान्ति र प्रतिक्रान्ति झेल्दै र सामना गर्दै आइरहेको छ ।

प्रारम्भमा प्रकृतिसँग सङ्घर्षमा निरीह झैँ देखिए पनि आजन्म सङ्घर्षबाट अन्य प्राणीहरू भन्दा श्रेष्ठ सावित गर्यो मानव जातिले आफूलाई ऐतिहासिक युग आदिम साम्यवाद वर्ग विभाजनका दरारहरू थिइएनन्, परन्तु प्रकृतिको क्रू झडकाहरूले मानव जातिलाई विच्छिन्न पाथ्र्यो, प्रकृतिसँग अविच्छिन्न कठोर सङ्घर्ष पश्चात मानवजातिले परिवर्तित प्रकृतिको प्रवाहसँग जुध्दै आफ्नो प्रजाती र अस्तित्वको रक्षा मात्र होइन, बरू पृथ्वीको धेरै भू-भागहरूमा वर्चस्व कायम गर्यो ।

मानवजाति प्रारम्भिक काल उष्ण प्रदेशीय तथा अर्धउष्ण प्रदेशीय जङ्गलहरूमा बस्ने गर्थो ! मुख्य बासिस्थलको रुपमा रहेका रूख र ओडारहरूनै प्राकृतिक विपत्ति र हिमसख जीवजन्तुहरूको आक्रमणबाट बच्नको लागि सुरक्षित स्थान थिए । विशेष गरि फलफूल, कन्दमुल, नरिवल, ओखर आदिम समुदायको प्रमुख आहारा थिए क्रमशः विभिन्न टकराव र घर्षणद्वारा आगोको आविष्कार भएपछि खाद्यप्रदार्थको रुपमा प्रयोग गरिने कन्दमुल अनि माछा, मासु पकाएर पोलेर खान थालियो । ढुङ्गे हतियार लट्ठी र भालाको आविष्कारले जङ्गली जीवजन्तुहरूको शिकार गरेर मासुलाई अतिरिक्त भोजनका रुपमा उपभोग गरिएता पनि धनु र वाणको आविष्कारले जङ्गली जनावरहरूको मासु आदिम कालमा मानिसको लागि स्थायी भोजन बन्न थाल्यो ।

मानवले उत्पादन नगरी प्रकृतिमाथि निर्भर भएर जीविकोपार्जन गर्न सक्ने अवस्था आदिम साम्यवादी युगमा थियो । जुन युगमा मुख्य उत्पादक शक्ति नै प्रकृति हो । प्रकृति प्रदत अतुल्य वस्तुहरूलाई सङ्कलन गरि सामूहिक वितरण प्रणालीद्वारा उपयोग गरिन्थ्यो । व्यक्तिगत स्वार्थ, लोभ र भैमनस्यता देखि टाढा नै रहेको आदिम, समाजमा निजी सम्पत्ति कसैको थिइएन, सिङ्गो प्रकृति नै मानव जातिको साझा सम्पत्ति थियो ।

सारत : आदिमकालमा मानवजातिको प्रगति स्तरलाई समष्टिमा मूल्याङ्कन गर्दा औजारहरूको निर्माण, वाणीको विकास, शरिर र चेतनाको स्तर उन्नति समुदायमा आधारित सामाजिक संस्थाको रुपमा मातृसत्ता सञ्चालन साथै भौतिक र आत्मिक संस्कृतिको उद्भव र प्रारम्भिक विकास आदिम साम्यवादी युगको दुर्बोध्य छलाङ्ग हुन् ।

आदिमकाल फिरन्ते जीवन व्यतित गरेका मानिसले परिवर्तित समयमा निश्चित भू-भागहरूमा बसोबास पशुपालन र खेतीपाती गर्न थाले, फलामको आविष्कार भएपछि त्यसबाट निर्माण गरिएका औजारहरूले ठुलाठुला जङ्गलहरू फँडानी गरि मानव बस्ती, कृषिकर्म, पशुपालन र घरेलु उद्योगहरूलाई अझ बढी सम्भव तुल्यायो ।

शुरुमा प्रकृतिसँग निर्भर मानिसहरू खेतीपाती र पशुपालनमा लागेपछि उत्पादन र उपभोगको क्षेत्रमा ठुलो परिवर्तन आयो खेतीपातीबाट अन्न, गेडागुडी, फलफूल तेल लगायत उपभोग्य खाद्यन्नहरू प्राप्त हुन थाल्यो । पशुबाट प्राप्त हुने दुध र मासु मात्र नभएर छाला, उन र भूवाहरूलाई प्रशोधन गरी उपयोग गरिन्थ्यो त्यसबाट बनेका कपडा मानिसहरूले प्रयोग गर्दथे ।

कठोर परिश्रम र क्रियाशीलताको फलस्वरुप उत्पादनमा थप बृद्धि भयो । उत्पादनका क्षेत्रहरू व्यापक र फराकिला बने उत्पादनले क्रमिक प्रभुत्वशाली रुप लियो । बढ्दो उत्पादन परिमाणले मानिसहरू उपभोगमा मात्र सीमित रहेनन् बरु बेग्लाबेग्लै उत्पादकहरूका बीचमा वस्तुहरूको विनिमय अपरिहार्य बन्यो ।

सम्यताको विकास र जनसङ्ख्या बृद्धिसँगै सामाजिक श्रम, विभाजन हुनथाल्यो । उत्पादनका क्षेत्र तथा स्रोत साधनहरूमा निश्चित वर्गको आधिपत्य कायम भयो । कविलाहरूबीच आपसी लडाइँ हुन् थालेपछि विभिन्न समूहहरूमा तिब्र अन्तरविरोध श्रृजना हुन पुग्यो । मातृसत्ताको अन्त्य र पितृसत्ताको स्थापना युगल विवाह प्रथाबाट एकनिष्ट विवाह प्रथामा क्रमिम सङ्क्रमणले जबर्जस्त पुरुषको शासन व्यवस्थालाई स्थापित गरिदियो प्राचीन गोत्रीय व्यवस्थाको विस्थापन र निजी सम्पत्तिको सुरुवातसँगै यी व्यापक आयामहरूले दास युग जन्मायो ।

उत्पादकत्वमा भएको बृद्धिपछि असमान वितरण प्रणालीको कारण उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच अन्तरबिरोध चर्कियो । मालिकहरूद्वारा दासहरूको शोषण हुन थालेसँगै मानव समाज दुई वर्गमा विभाजित भयो । मालिक र दास अथवा शोषक र शोषित वर्ग विभाजनले शोषणका अनेकौँ प्रपञ्चहरू रच्यो । दासहरू सामु विभेदका ठुला पर्खालहरू ठडिए समाज विकासको चालक मुख्य उत्पादक शक्ति दासहरूको श्रमले मालिकहरूको आवश्यकता भन्दा बढी उत्पादन हुन थाल्यो । उत्पादित माल वस्तुहरूलाई मालिकहरूले कब्जा आफ्नो स्वामित्वमा लिएपछि विभेद र दमनका नयाँ श्रृखलाहरू थपिँदै गए । अन्ततः आफ्नो स्वार्थ अनुकूल मालिकहरूले दासहरूलाई किनबेच गर्न थाले दासहरू कमजोर बन्दै गएपछि त्यसले वर्ग विभेदलाई उदाङ्गो पार्यो । जब दासहरूले हक अधिकारको लागि बोल्न र विद्रोह गर्न शुरु गरे शोषक अथवा मालिकहरूले असन्तुष्ट विद्रोहीहरूलाई दमन गर्न लुटको राज्य बचाउन आफ्नो सुरक्षा र निरन्तर शोषणको लागि राज्यसत्ताको आवश्यकतालाई अपरिहार्य ठाने ।

आदिम साम्यवादी युगको अन्त्य निजी सम्पत्तिमा आधारित राज्यसत्ताको उत्पतिसँगै दास युगको सुरुवातले सामूहिक मानव समाजलाई छिन्नभिन्न पार्यो । मानव इतिहासकै पासविक र नृसंस शासन व्यवस्था थियो दास युग : यद्यपी त्यो अनादिकालदेखि चल्दै आएको संस्था नभई समाजमा वर्गको उत्पत्तिसँगै विकास भएको समाज व्यवस्थापनको शोषण अत्याचारी शासन व्यवस्था थियो । त्यसले वर्ग, विभाजन र दासत्ववाला युगलाई चिरस्थायी बनाउन जति नै प्रयत्न गरे पनि उथलपुथल भिषण सङ्घर्ष दास विद्रोह साथै उत्पादनको क्षेत्रमा आएको आमूल परिवर्तनले दास युगको अन्त्य गरिदियो ।

दासयुगको अन्त्यपछि सामान्तवादी युगको उदय भयो । मालिक भूमिपति सामन्तमा फेरिए दासहरू क्रमश: कृषि मजदुर र दस्तकारमा: वृहत्त सामाजिक श्रम विभाजनले तहगत श्रम विभाजनको रुप लियो । उत्पादनको मुख्य श्रेत्र जमिनमा सामन्त जमिन्दारहरूको स्वामित्व कायम भयो । ठुलो सङ्ख्यामा किसानहरू जमिनको स्वामित्वबाट अलगिन पुगे । उनीहरूसँग जीवन निर्वाहको निम्ति सामन्तहरूको काम गरिएपछि सानो टुक्रा जमिन बाहेक केही उपलब्ध थिएन भू-दास प्रथामा टुक्रे उत्पादन प्रणालीले जीवन धान्न हम्मे पथ्र्यो ।

वस्तुको उत्पादन, वितरण र विनिमय पछि मुद्रा प्रचलनमा आए पनि जीवन नै उत्पादनको मुख्य क्षेत्र भएकाले सामन्तवादी युगमा मानिसको राजनीतिक, आर्थिक अधिकार र कर्तव्य भूमिबाट निर्धारण गरिन्थ्यो । शिर्षस्थानमा भूमिपति राजा हुन्थे जसलाई जन्मजात उत्तराधिकारीहरू मार्फत कुलीनतन्त्र, राजतन्त्रात्मक शासन सत्ता सञ्चालन गर्ने अधिकार थियो । त्यसपछि विभिन्न कोटीका सामन्त सबैभन्दा पीँधमा शोषित भू-दास किसान ।

सामान्ती आदेशमा आधारित वितरण प्रणालीमा कुलीनतन्त्र वा राजाहरूको सेवा चाकरी गरे बापत सेवक कर्मचारीहरूलाई बक्सिस र बिर्ता दिने चलन थियो । साधन स्रोतहरूको न्यायोचित वितरणबाट पछि पारिएका राज्यको पहुँच भन्दा बाहिरका शोषितहरू त्यो सुविधाबाट बन्चित थिए । जसले गर्दा उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक र आत्मस्वाभिमानमा राज्यद्वारा नै चोट पुर्याइएको प्रष्ट छ ।

राज्यको कोपभाजनमा परेका श्रमजीविहरूमाथि रजाइँ गरेका शासकहरूले जनताको विरोध वा विद्रोहबाट बच्न आफ्नो सङ्गठित शक्ति र वर्गीय राज्यसत्तालाई टिकाइ राख्न धर्मलाई शासन सत्तासँग जोडेर आम जनतालाई शोषण गर्ने बलियो आधार खडा गरे । भाग्यवाद र कर्मफलवादको मान्यतालाई स्थापित गरि भाग्य, जन्म, पूर्वजन्म, पूनर्जन्म, पाप, पुण्य र स्वर्ग नर्क जस्ता भ्रामक काल्पनिक होहल्लाको आवरणमा सामन्ती राजतन्त्रले आफूलाई ईश्वरको अवतार बनायो ।

सुख, दुःख, धनि, गरीब हुनु भनेको पूर्वजन्मको खेल हो । प्रत्येक मानिस जन्मदै भाग्य र कर्म ल्याएर जन्मन्छ । आखिर ईश्वरले लेखेको भाग्यलाई कसले पो बदल्न सक्छ र ? यस्तो रुढीग्रस्त अवैज्ञानिक दृष्टिकोणमार्फत धर्मभीरुहरूले प्रकृति, मानवसमाज र चिन्तनका हरेक क्षेत्रमा रहस्यमय अज्ञानताको बिउँ रोपेर आम मानिस र समाजलाई नै अलौकिक सुरुङभित्र हुत्याई दिए ।

सामान्तवादी युग त्यस्तो युग थियो र हो ? जहाँ राजतन्त्र धर्मतन्त्र र राज्यहरूले उत्पीडित जनता वर्गमाथि मध्ययुगीन विचार वंशजको राजनीतिक, रुढीवादी संस्कृति, धार्मिक असहिष्णुता र मानवता विरोधी कुप्रथा लादेर शासन गरेको इतिहास कहीँकतै पनि लुकेको छैन । इतिहासको कालखण्डमा हरेक युगको अन्त्य झैँ सामान्तवादी युगको अन्त्य पनि निश्चय नै थियो । जसलाई पुँजीवादी युगले ढालिदियो । सामान्तवादको गर्भबाट जन्मिएको पुँजीवादी युग सामन्ती शेषलाई भग्नावशेष गर्दै युरोप देखि उदायो । पुँजीवादी युगको उदय र विकासको सन्दर्भमा विभिन्न मतहरू रहे पनि सामान्यतः व्यापारी र दस्ताकारहरू मिलेर व्यापारिक वस्तुको उत्पादन र वस्तु विनिमय प्रणालीको आधारलाई दृष्टिगत गर्दा १६ औँ शताब्दीदेखि पुँजीवादको उदय र विकास हुन थाल्यो । वस्तुको उत्पादन, मूल्य निर्धारण, मुद्राहरूको कारोबार बढ्दो माग र खपतले बजारको आकार ग्रहण गर्यो । परम्परावादी उत्पादन र व्यापारले धेरै ठाउँमा सेवा पुर्याउन सम्भव नभए पछि उद्योगहरू सञ्चालन र विस्तार भयो ।

जेम्सवाटले सन् १७६९ मा वाष्फ इन्जिन आविष्कार गरेपछि क्रमशः जर्ज स्टेफेन्सनले बाफ शक्तिबाट चल्ने रेल र सन् १७७० मा जेम्स हारग्रीभ्सद्वारा आठ वटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकै पटक १२० वटा धागो राखि घुम्ने आधुनिक चर्खा लगायत अन्य आविष्कार र विज्ञान प्रविधिको क्षेत्रमा भएको प्रगतिले सन् १७७० देखि १८४० को मध्य आर्थिक र व्यापारिक तहमा क्रान्तिकारी परिवर्तन आयो । हजारौँ मजदुरहरू कलकारखानामा केन्द्रित भएर यान्त्रिक उपकरण सहायताबाट उत्पादनमा सहभागी हुन थाले । उत्पादनमा भएको अभूतपूर्व विकासले १८ औँ शताब्दी देखि १९ औँ शताब्दीको मध्यसम्म युरोपमा औद्योगिक क्रान्तिको लहर चल्यो ।

सामन्तवाद विरुद्ध प्रगतिशील चरित्र सहित उदायको पुँजीवादी औद्योगिक क्रान्तिले आर्थिक उन्नति, प्रविधिमा आधुनिकिकरण, खुल्ला बजार र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्ण योगदान गरे पनि असाधारण पुँजीको होडबाजीले पुँजीपति वर्गले अकूत नाफा आर्जन गर्न मनदुरहरूको अतिरिक्त श्रमशोषण गर्न थाल्यो । सुर्योदयदेखि सुर्यास्तसम्म थोरै ज्यालामा श्रम गरिरहेका मजदुरहरूको शोषणको घनत्व जतिजति तीब्र हुँदै गयो त्यति नै जोखिमपूर्ण तरिकाले कारखानाहरूमा धसिनु पर्ने बाध्यता थियो । बाध्यताको विकल्प खोज्न मजदुरहरूको निम्ति अनिवार्य हुन्थ्यो । त्यस्तो विकल्प मान्न र सुन्न पुँजीपतिहरू तयार नै हुँदैन्थे । भनिन्छ औधोगिक क्रान्तिपछि धनि र गरीबहरूको फासला घटेन झन् बढ्दै गयो ।

सन् १८२० देखि १८४० को अवधिमा मजदुरहरूमाथि भएका शोषणका विरुद्ध औद्योगिक केन्द्रहरूमा ठुलाठुला हडतालहरू हुन थाले । ती हडताल र आन्दोलनले मजदुरका हक, अधिकार, सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेले पनि मजदुरहरूलाई पुँजीवादको शोषणको चङ्गुलबाट पूर्णतया मुक्त गर्न सकेन ।

पुँजीवादको शोषणको अत्याचार र क्रुरुतालाई हेरेर माक्र्सको निष्कर्ष थियो “जब एक महान् सामाजिक क्रान्तिले पुँजीवादी युगका परिणाममा विश्वबजार र उत्पादनका आधुनिक शक्तिमाथि निपूर्णता हासिल गर्दछ र तीनलाई सर्वाधिक प्रगतिशील मानिसहरूको नियन्त्रणमा ल्याउँछ तब मात्रै महाकालले झैँ मृतकको खोपडीबाट अमृत पान गर्ने पुँजीवादी परिपाटीबाट छुटकारा पाइने छ ।” (कार्लमार्क्स प्रथम भारतीय स्वतन्त्रता सङ्ग्राम १८५७-१८५९)

पुँजीवादी परिपाटीबाट छुटकारा पाउन श्रमजीविहरूको त्याग, बलिदान र विरतापूर्ण सङ्घर्षको प्रतिफल सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत सर्वहारावर्गको पहिलो राज्यसत्ताको रुपमा सन् १८७१ मार्च १८ मा पेरिस कम्युनको स्थापना भयो । अनुभवको कमि, पुरानो राज्यसत्ताको सुरक्षा अङ्ग र वित्तिय संस्थाहरूमाथि पूर्ण अधिकार र नियन्त्रण नहुनुले ७२ दिनको शैशवकालमा नै पेरिस कम्युन पराजित हुन पुग्यो । पेरिस कम्युनको सन्दर्भमा माक्र्सले भन्नु भएको छ । “पेरिस कम्युन मानिसलाई वर्गशासनबाट सदाको लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात थियो ।” तसर्थ पेरिस कम्युनको पराजयले सर्वहारावर्गलाई क्षणिक निरास तुल्याए पनि वर्गसङ्घर्ष, सर्वहारावर्गीय क्रान्ति र वर्गमुक्तिको भावनाबाट अलगथलग गराउन सम्भव थिएन । परन्तु पुँजीवादको दबदबा बढिरहेकोले सर्वहारा वर्गीय क्रान्ति र आन्दोलनहरूलाई दबाउँदै झन् पुँजीवादले विविध सङ्कटका बाबजुत पुरानो चरणहरू पार गरी नयाँ चरणमा प्रवेश गर्यो ।

१९ औँ शताब्दीको अन्त्यतिर औद्योगिक अर्थात प्रतिस्पर्धात्मक पुँजीवादाको चरण अन्त्य भयो । त्यसले स्वतन्त्र प्रतिस्पर्धाबाट एकाधिकारमा सङ्क्रमण पूरा गर्नुले उत्पादन र पुँजीको सङ्केन्द्रन विकसित भई व्यापार र पुँजीले राष्ट्रिय सिमा नागेर अन्तर्राष्ट्रिय आकार लिन थाल्यो । २० औँ शताब्दीको सुरुवातमा नै एकाधिकार पुँजीवादको साम्राज्य फैलिसकेको थियो । पुँजीवादी शक्तिशाली देशले प्रतिस्पर्धी र औपनिवेशिक देशहरूमा राजनीतिक, आर्थिक, साँस्कृतिक हस्तक्षेपसहित प्रतिस्पर्धामा रोक लगाएर अन्तर्राष्ट्रिय व्यापारी सङ्घ तथा ठूला संस्थाहरू खडा गरी व्यापार गर्न थाले छुट्टाछुट्टै एकाधिकार पुँजीवादी आर्थिक र सैन्य गुटहरूबीच प्राकृतिक स्रोत साधन, कच्चा पदार्थ, बजार नियन्त्र र कब्जा गर्न आपसमा टकराव र वैमनस्यता बढ्दै गयो । अन्ततः अन्तरसाम्राज्यवादी अन्तरविरोध चर्किएर प्रथम विश्वयुद्ध हुन पुग्यो ।

यद्यपी साम्राज्यवादी प्रथम विश्वयुद्ध चलिरहँदा इतिहासका विद्रोह, क्रान्ति र आन्दोलनबाट शिक्षा लिँदै सन् १९१७ रुसमा लेनिनको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । मानव इतिहासको ऐतिहासिक उपलब्धि, सुधार र परिघटनाले भरिभराउँ अक्टोबर क्रान्ति वर्गसङ्घर्ष र सर्वहारा वर्गीय दृष्टिले सर्वाधिक युगान्तकारी हो । मार्क्सवादको जन्म भएको ७० वर्षपछि रुस जसरी क्रान्तिको तुफानी केन्द्र बन्यो त्यसले साम्राज्यवादी शिविरहरूमा भूकम्प पैदा गरिदियो । स्मरण नै छ अक्टोबर क्रान्ति सम्पन्न हुनु भन्दा पहिले पिछडिएको कृषि उत्पादन सम्बन्ध र आर्थिक रुपमा जर्जर रुस समाजवादी क्रान्ति सम्पन्न भएको केही दशकमा नै अमेरिकाको प्रतिध्रुवको रुपमा उभिन सफल भयो ।

विश्वमा पहिलो पटक पञ्च वर्षीय योजनाहरू (पहिलो सन् १९२८-३३ हुँदै पाँचौ सन् १९५१-५५) विकास गरेर अर्थतन्त्रलाई मजबुत बनाउनको साथै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा आमूल परिवर्तन गरी अभूतपूर्व वैज्ञानिक समाजवादको विकास भयो ।

विश्व आर्थिक महामन्दीको चपेटामा परिरहेको बेला बार कम्युनिजम पछि लेनिनले प्रतिपादन गरेको नयाँ आर्थिक नीति लागू गरेर महामन्दीको सङ्कटबाट आर्थिक तवर रुस उच्च विन्दुमा पुग्यो, विशेषतः समाजवादी क्रान्तिले पूर्वि युरोप अफ्रिका, ल्याटिन अमेरिका र एसियामा परनिर्भर अविकसित देशहरूलाई सामाज्यवादको उपनिवेशिक दासत्ताबाट मुक्त गर्न राष्ट्रिय जागरण मात्र होइन आन्तरिक उत्पीडनबाट मुक्त हुन घरेलु समान्तवाद र प्रतिक्रियाबाद विरुद्ध वर्गसघर्षमा होमिन मार्ग दर्शन गर्यो ।

१९ औँ शताब्दीको उत्तरार्धबाट युरोपमा आरम्भ कम्युनिस्ट क्रान्ति २० औँ शताब्दी सम्म विश्वका धेरै देशहरूमा फैलियो । त्यसले एसियाको ठूलो मुलूक चीनलाई पनि लपेट्यो । मार्क्सवादको सिर्जनशील प्रयोग रक्षा र विकास गर्दै आफ्नो मौलिकता र विशिष्टतामा माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्ति हुँदै सन् १९६६-७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति निरन्तर चल्यो । त्यसको प्रभावसँगै भियतनाम, लाओस, उत्तरकोरिया र क्यूवा लगायतका देशहरूमा क्रान्तिको ज्वाला बल्यो । ती सबै जनवादी, समाजवादी क्रान्ति निर्णायक र लोकप्रिय हुँदाहुँदै पनि सन् १९५९ क्युवाली क्रान्तिको ओरालोयात्रा, शीतयुद्धको अन्त्य र सन् १९९० मा शोभियत सङ्घको विघटन लगायत आत्मगत र वस्तुगत कारणले अकल्पनीय धक्का र प्रतिक्रान्ति व्यहोर्नु पर्यो ।

तथापी २१ औँ शताब्दीमा हिमालयको देश नेपालमा क्रान्ति र प्रतिक्रान्तिका थुप्रै अनुभवहरू सहित महान् जनयुद्धको शंखनाद भयो । एक दशक लामो जनयुद्धले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्याहरूको उठान र समाधान गर्न निक्कै ठूलो योगदान गर्यो । देशको ८० प्रतिशत ग्रामीण भू-भागहरूमा नियन्त्रण र जनसत्ता सञ्चालन गरी विजयको सन्निकट पुगिरहेको बेला विचारको विकासमा देखिएको समस्या नेतृत्वको विचलनता र आत्मसमर्पणकै कारण जनयुद्ध पनि सम्झौतामा टुङ्गियो ।

आज संसार भरी माक्र्सवादले परिकल्पना गरे जस्तो वैज्ञानिक समाजवादी राज्यव्यवस्था नभए पनि सर्वहारा वर्गीय कम्युनिस्ट क्रान्ति र वर्गसङ्घर्षप्रति मानव जातिको मोहभङ्ग हराएको छैन । बरु ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट दाबीकासाथ भन्न सकिन्छ की क्रान्ति अर्थात वर्गसङ्घर्ष नै मानव समाजको विकास र प्रगतिको आधार हो । माक्र्सले स्पष्ट भन्नु भएको छ । मानव समाजको इतिहास “वर्ग सङ्घर्षको इतिहास हो ।” अपितु वर्गसङ्घर्षको कारकतत्व आर्थिक पक्षसँग सम्बन्धित छ । आर्थिक कारणले नै वर्गको उदय हुने र समाजमा विविध वर्गहरूबीच सङ्घर्ष भई वर्गसङ्घर्ष चल्ने प्रक्रिया अकाट्य छ । त्यसको प्रकृति वा स्वरुप फरक हुन सक्छ । जस्तो की वैधानिक, अवैधानिक, शान्तिपूर्ण सशस्त्र युद्ध वा क्रान्ति जुनकुनै होस् वर्ग सङ्घर्षको क्रममा अभ्यास गरिन्छ ।

मुलतः समाज विकास र रुपान्तरणका चरणहरू प्राचिनकाल देखिनै विद्रोह, आन्दोलन, क्रान्ति र सशस्त्र युद्धबाट नै गुज्रिएका छन् । चाहे स्पार्टकसको दास विद्रोह, समान्तवाद विरुद्धका सङ्घर्षहरू, युरोप लगायत विश्वमा भएका औद्योगिक क्रान्ति, फ्रान्सेली राज्यक्रान्ति, रुसको अक्टोबर समाजवादी क्रान्ति, राष्ट्रिय स्वाधिनता र उपनिवेशबाट मुक्तिको निमित्त भएका स्वतन्त्रता सङ्ग्रामहरू तथा चीन लगायत विश्वका विभिन्न देशहरूका वर्गीय मुक्ति, राष्ट्रिय मुक्ति, सङ्घर्षहरू वर्गसङ्घर्षकै परिणाम हुन् ।

अन्तमा : भू-मण्डलीकृत पुँजीवाद अर्थात साम्राज्यवादको रजगज चलिरहेको आजको समय वर्गसङ्घर्ष र कम्युनिस्ट क्रान्तिले नै त्यसका तमाम, लुट, विध्वंश, विभेद र उत्पीडनलाई अन्त्य गर्न सम्भव छ । हर क्रान्ति, वर्गसङ्घर्ष र विकासक्रमले पुरानो युगलाई क्रमभङ्ग गरी नयाँ युग अर्थात चरणलाई निरन्तरता दिन्छ । यो विकास, गति र रुपान्तरणको नियम पनि हो । जसरी आदिम साम्यवादी युगको उत्तरार्धमा निजी सम्पत्तिको सुरुवातले दास युग जन्मियो र दासयुगलाई सामन्तवादी युगले ढालिदियो, सामान्तवादी युगलाई पुँजीवादी युगले ढालिदियो र आज भूमण्डलीकृत पुँजीवादी अर्थात साम्राज्यवादी युगलाई वैज्ञानिक समाजवादी क्रान्तिले ढालिदिने छ । त्यसले मानवजातिलाई वर्गविहीन, जातिविहीन, धर्मविहीन, राज्यविहीन स्वतन्त्र, सम्मान समृद्ध र शान्त दुनिया साम्यवादमा अवश्यम्भावी पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!