ट्रम्प रुस नीतिमा रक्षात्मक

काठमाडौं / साउन २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सदनबाट रुसमाथी आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित हुनसाथ सामाजिक सञ्जाल मार्फत आफ्नो इच्छा विपरित रुसमाथी प्रतिबन्ध लगाउने कानुन पारित भएको दुःखेसो गरेका हुन् । उनले त्यसका लागि विपक्षी बहुल सदन जिम्मेवार भएको आरोप पनि लगाएका छन् । मस्कोले अमेरिकी कदमलाई ‘आर्थिक युद्ध’ घोषणाको रुपमा अथ्र्याए लगतै ट्रम्पले रुस–अमेरिका सम्बन्ध खतरनाक चरणमा धकेलिएको बताएका हुन् । फ्रन्सलेसमेत रुसमाथी प्रतिबन्ध लगाउनु पूर्व आपसी वार्ताको प्रस्ताव गरेको थियो । तर त्यसको सुनुवाई भएन । जर्मनीमा भएको जी–२० शिखर सम्मेलनमा रुसी–अमेरिकी राष्ट्रपतिले आपसमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

२०७४ साउन २० गते ३ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :