
सेक्रेटरी, कास्की
भीम चापागाईं/पोखरा, साउन २०ः कास्की प्रहरीले पोखरा पृथ्वीचोकस्थित सस्तो बजारमा भर्खरै आक्रमण गरेको छ । व्यापारीका सामान प्रहरीले लुटेर ट्रकमा हालेर अज्ञात स्थलतिर लगेको छ । प्रहरी र व्यापारिबीच भएको झडपमा नेकपा कास्की सेक्रेटरी नन्दलाल तिवारी ‘जगन’, व्यापारीहरु देवीप्रसाद देवकोटा, शर्मिला अधिकारी, सरिता खनाल, माेतीकला सुवेदी र मीना खनाललार्इ पक्राउ गरेकाे छ । त्यसैगरी प्रहरीकाे आक्रमणबाट लक्ष्मी मण्डल गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
२०७४ साउन २० गते २ :३९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्