रुस–अमेरिका आर्थिक युद्ध शुरु/ट्रम्प कच्चा खेलाडी

मस्को /एजेन्सी, साउन २०ः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छा विपरित अमेरिकी सदनले अत्याधिक मतसहित रुसमाथी आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले भने रुसमाथीको प्रतिबन्ध आर्थिक युद्ध भएको आरोप लगाएका छन् । ट्रम्पलाई अपहेलित गर्नेगरी अमेरिकी सदनले रुसमाथी प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो । आफ्नो इच्छा विपरितको विधेयकमा हस्ताक्षर गर्नसाथ रुसी प्रधानमन्त्रीले ट्रम्पलाई ‘कच्चा खेलाडी’ भनेका छन् । युक्रेनमाथी रुसी हस्तक्षेप र अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपपछि अमेरिकी सदन रुसलाई दण्डित गर्न चाहन्छ । रुसमाथी आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित गर्नासाथ रुसले मस्कोमा रहेका १ हजार २ सय अमेरिकी कुटनीतिकमध्ये आधा भन्दा बढी अर्थात् ७ सय ५५ जना फिर्ता गर्न पत्रचार गरिसकेको छ । अमेरिकाले रुसका सहयोगी उत्तरकोरिया र इरानमाथी पनि प्रतिबन्ध कडा पारेको छ । अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रपति हसन रौहानीले पनि निन्दा गर्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

२०७४ साउन २० गते १ः२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :