विद्यार्थीद्वारा रामपुर क्याम्पसमा धर्ना

भीमबहादुर खड्का/चितवन, साउन २०: कृषि र वनविज्ञान विश्वविद्यालय संयुक्त विद्यार्थी संगठनहरु लामो समयदेखि आन्दोलित हुँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रामपुर इकाई समिति अध्यक्ष प्रकाश पाण्डेलाई कलेजमा धर्नामा बस्नुको कारण सोध्दा प्रतिउत्तरमा उहाँले नीजि कलेजहरुलाई नेपाल सरकार र कलेजका केही मतियारहरुले नीजि कलेजहरुमा कृषिसम्बन्धी अध्यापन गराउने सम्बन्धन दिन थालेकोले यसलाई तत्काल रोक्न र रामपुर कृषि क्याम्पसभित्र राजनीतिक नियुक्तिको अन्त्य, भ्रष्ट कर्मचारीहरुलाई कारबाही गर्नका लागि हामीहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । केही दिनअघि संयुक्त विद्यार्थी संगठनले भीसी रजिष्टार कार्यालयमा आगजनी र तोडफोड गरी आन्दोलनको शुरुवात गरेका थिए । क्याम्पस प्रशासनले विद्यार्थी आन्दोलनलाई फुटाउन विभिन्न राजनीतिक दलका दलाल, भ्रष्ट नेताहरुलाई भेटघाट गरी जसरी भएपनि आन्दोलन रोकिदिनु पर्‍यो भनी हिँडिरहेका छन् भने विद्यार्थीहरु कम्मर कसेर आन्दोलन निश्कर्षमा पुर्‍याउन जुटिरहेका छन् ।

२०७४ साउन २० गते १२ः१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :