मतगणना विवादपछि भरतपुर–१९ मा पुन मतदान

भीमबहादुर खड्का / चितवन, साउन २० : स्थानीय चुनावको भरतपुर–१९ को मतगणना गर्दै गर्दा दाहाल पक्षले मतपत्र च्यातेपछि भएको विवादका कारण रोकिएको मतगणनाको अन्योल सर्वोच्च अदालतको आदेशमा पूनः चुनाव भएको छ । मतगणना रोकिँदा चुनावमा भाग लिएका राजनीतिक दलहरु अन्योलग्रसत र निराश देखिन्थे । भीषण वर्षाका बाबजुद पनि केही मतदाताहरु छाता ओढेर सहभागि भएका छन् भने केही मतदाताहरु खेत रोपाईंतिर व्यस्त देखिन्छन् भने केही मतदाताहरुलाई चुनावको रौनक कस्तो छ भनेर सोध्दा ‘खासै चासो नभएको, विगतमा हालेको मत च्यातिएको हुँदा अब दोहोर्‍याएर मत नहाल्ने र हाल्दा हामी र देशलाई के फाइदा हुन्छ भन्ने तितो यथार्थ व्यक्त गरे ।

 

२०७४ साउन २० गते ११ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :