विपन्नको घर निर्माण गर्दै नेकपा

विपन्नको घर निर्माण गर्दै नेकपा

दाङ : नेपाल कम्युनिस्ट पार्टी, दाङले शान्तिनगर गाउँपालिका ३ अधेरे निवासी अल्पसंख्यक, अति विपन्न दलबहादुर कुमालको घर निर्माण कार्य सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच घर निर्माण कार्यको शिलान्यास गरिएको हो ।

घर निर्माण शिलान्यास गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी, दाङका सेक्रेटरी प्रदिपले पार्टी श्रम र समयसँग एकाकार बनेर अगाढी बढेको बताए । जनप्रतिनिधिले आफ्नो अनुकुलतामा विकास बजेट छुट्याउने कमिसन खाने र भ्रष्टाचार गर्ने गरेको बताउदै भने अहिले हामी साना टहरा बनाउछौ भोलि हामी समृद्ध टहरा बनाउछौँ । उनले बिभिन्न उद्योगी व्यावसायीहरुको सहयोग, नेताकार्यकर्ता, गाउँटोल, समाजको श्रमशक्तिबाट घर निर्माण सम्पन्न गरिने बताए 

कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य विरेन्द्रले संगठनका नेताकार्यकर्ताहरु निरन्तर जनताको सारथी बनेर जनश्रममा जोडिएको बताए । स्थानीय युवा र वासिन्दाले पटकपटक वडा कार्यालय र स्थानीय नेताहरुलाई असायहरुको घर बनाइदिन अनुरोध गर्दा पनि वेवास्ता गरिएकोले हाम्रो पार्टीले पहलकदमी लिएको बताए ।

घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ, दाङ जिल्लाका अध्यक्ष विवेकले रु. ५ हजार, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी व्यावसायी तथा समाजसेवी डिल्लीबहादुर केसीले रु. ८ हजार नगद सहयोग प्रदान गरेका थिए । घर शिलन्यास कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, दाङ जिल्ला समिति सदस्य मनोजले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका शान्तिनगर(दंगिशरण) गाउँपालिका इन्चार्ज निर्मलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :