नेकपाले सिन्धुपाल्चोकले भन्यो – प्राकृतिक दोहन बन्द गर

नेकपाले सिन्धुपाल्चोकले भन्यो – प्राकृतिक दोहन बन्द गर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सिन्धुपाल्चोकले प्रत्येक वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप तथा विपत्तिले सिन्धुपाल्चोकबासी जनताको ठूलो जनधनको क्षति हुनुमा राज्यको लापर्वाही, नालायकीपन र उदासिनता नै मुख्य कारण भएको बताएको छ ।
नेकपाका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगिनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विकासको नाममा विनास, कमिसनको खेल, प्राकृतिक स्रोत साधनहरुको अनियन्त्रित दोहन, मापदण्ड विपरित उद्योग र आयोजनाहरुको निर्माण लगायतका कारणहरु देखिएको बताएका छन् । साथै विज्ञप्तिमा धनजनको क्षति गर्ने मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग, निर्माण गरिएका आयोजनाहरु र नदीदोहन बन्द गर्न माग गरिएको छ ।
साथै विज्ञप्तिमा बाढी, पहिरो, कोरोना, भुकम्प लगायतबाट पीडित जनतालाई उदार, उचित राहत, क्षतिपुर्ति, सहुलियत र यथाशीघ्र वैज्ञानिक व्यवस्थापन गर्न माग गरिएको छ । प्रभावित क्षेत्रका सम्पूर्ण जनताको अविलम्व उचित स्थान्तरण एवम् पुर्नवासको व्यवस्था गर्न पनि माग गरिएकोछ । तत्कालीन रुपमा नदी किनारका बस्तीहरुमा दुबैतर्फ जालीपर्खाल(तटबन्द) निर्माण गर्न माग गर्दै उल्लेखित समस्याहरुको सम्बोधन नगरिए जनताको पीडा, विचल्ली, क्षति र जनआक्रोस जनप्रतिरोधमा बदलिने कुरा नेकपा सिन्धुपाल्चोकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :