नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार आठबिस नगरपालिका वडा नं. ७ बेरुपाटामा स्वास्थ्य सामग्री वितरण गरेको छ । आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायको वडामा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

दलाल संसदीय व्यवस्थाका जनप्रतिनिधि असारे बिकासबाट आउने कमिशन असूलीमा व्यस्त रहेका बेला कोरोनाको महामारी र बाढीपहिरोबाट शङ्कटमा परेका जनतालाई सहयोग गर्ने काममा आफूहरू निरन्तर लागिएको नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले बताए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेकपा दैलेखका नेता भरत सिजापति, लोकराज कार्की, महेन्द्र बिश्वकर्मा र तिलक परियारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :