माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

दाङ : नेकपा (माओवादी केन्द्र) दाङका नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । तुलसीपुर उप–महानगरपालिका गैरे बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गैरे नेकपामा प्रवेश गरेका हुन् ।

विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पुँजीवादी संसदीय व्यवस्थामा पतन भएको, जनअपेक्षा अनुसार काम नगरेको, भ्रष्टाचार र सत्ता लिप्सामा चुर्लुम्म डुबेको, वैज्ञानिक समाजवादको विषयमा जनतामा भ्रम सिर्जना गरेकोले उक्त पार्टीमा जनताको भविष्य र सिङ्गो कम्युनिस्ट पार्टीको भविष्य नभएकोले पार्टी परित्याग गरेको जनाएका छन् ।

सच्चा कम्युनिस्ट पार्टी अर्थात वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशासहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जानकारी गराउँदै गैरेले सम्पूर्ण देशभक्त क्रान्तिकारीहरूलाई नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :