भरतपुर–१९ को निर्वाचनबारे नेकपा

अम्बिका चन्द / चितवन, साउन २० : नेकपा, चितवनले भरतपुर–१९ मा आज हुन लागेको स्थानीय निकायको चुनावी प्रक्रियामा सहभागी नहुन आम जनतालाई आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बि.सीले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै उक्त आह्वान गर्नु भएकोे हो । इन्चार्ज बि.सीद्वारा जारी विज्ञप्तिमा देश गम्भीर संकट परिरहेको राष्ट्रियता, जनतन्त्र, जनजीविकामाथि वैदेशिक हस्तक्षेप बढिरहेकको बेला संसदवादी दलहरुले चुनावी नाटक गरिहेको उल्लेख छ । साथै निर्वाचनबाट जनतामा अधिकार प्राप्त हुन्छ भन्ने भ्रम मात्र भएको र पहिलो चरणको निर्वाचनको क्रममा संसदवादी दलहरुले आफै मतपत्र च्यातेर आफैं अदालतबाट फैसला गराई पुनः निर्वाचन गराउनु राज्यको ढुकुटी सिध्याउने खेल मात्र भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

२०७४ साउन २० गते ७ :२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :