नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सिन्धुपाल्चोकले बाढीपहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सो पार्टीका जिल्ला इन्चार्ज प्रविन र सेक्रेटरी युगिनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिगत केही दिन यता भीषण बर्षाका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्पूर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । साथै विज्ञप्तिमा जोखिममा रहेका आम जनताको यथाशीघ्र उद्धार, राहत र उचित व्यवस्थापनको लागि सरोकारवाला सबैसँग जोडदार माग गरिएको छ ।

साथै प्रेस विज्ञप्तिमा राज्यको गैर जिम्मेवारी र नालायकीपनका कारण आम जनताले पटकपटक यस्ता जोखिम व्यहोर्न बिबश भएको भन्दै बिपत्तिको घडीमा सम्पूर्ण पार्टी पङ्क्ति र सरोकारवाला पक्षलाई उद्धार, राहत र सहयोगमा जुट्न अनुरोध गरिएको छ । सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढी, पहिरो र डुबानका कारण बुधबार ७ जनाको ज्यान गएको छ भने ठुलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :