अर्घाखाँचीका युवाहरु अखिल(क्रान्तिकारी)मा प्रवेश

अर्घाखाँचीका युवाहरु अखिल(क्रान्तिकारी)मा प्रवेश

काठमाडौँ : अर्घाखाँचीका युवा विद्यार्थीहरु विभिन्न संगठन तथा पार्टी परित्याग गरि अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका छन् । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर २ पिपलनेटा भैसिमारेमा भएको एक कार्यक्रमबाट भुमिकास्थान नगरपालिका वडा नम्बर २ का युवाहरू अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका  हुन ।

उक्त प्रवेश कार्यक्रममा अखिल (क्रान्तिकारी) का अर्घाखाँची जिल्ला इन्चार्ज तथा भुमिकास्थान नगरपालिका इन्चार्ज नवीन खड्का, अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एस.के, जिल्ला सदस्य मनोज खनाल, दुर्गा आचार्य, पत्रकार आयन बिश्वकर्मा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम अखिल क्रान्तिकारीका युवा विद्यार्थी नेता दुर्गा आचार्यको अध्यक्षता र जिल्ला उपाध्यक्ष पदम नेपालीको संचालनमा  सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :