अखिल (क्रान्तिकारी) कपिलवस्तु र नवलपुरले प्रशासनलाई बुझाए ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) कपिलवस्तु र नवलपुरले प्रशासनलाई बुझाए ज्ञापन पत्र

काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार जिल्लाको विभिन्न स्थानीय निकायहरूमा ९ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनले दिएको जानकारी अनुसार कपिलवस्तु नगरपालिका, बाणगङ्गा नगरपालिका, बुद्धभूमी नगरपालिका, शिवराज नगरपालिका लगायत स्थानिय तह, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई लगायतका स्थानीय निकायहरूमा मागपत्र बुझाएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
सङ्गठनले भाडामा बसेका विद्यार्थीलाई राहत प्याकेज उपलब्ध गराउन, विद्यार्थीलाई कोभिड भ्याक्सिनको तत्काल व्यवस्था गर्न, शैक्षिक अन्योल तत्काल अन्त्य गरी शैक्षिक कार्यक्रम घोषणा गर्न, रोकिएका परीक्षाहरु आन्तरिक तथा वैकल्पिक विधिबाट संचालन गर्न, शिक्षामा देखिएको अनियमितता हटाउन माग गरेको छ । यस्तै विद्यार्थीलाई सर्टिफिकेटमा लगाइएको महँगो शुल्क हटाउन, कमिसनको लोभमा पाठ्यपुस्तक बर्सेनि परिवर्तन गर्ने प्रणालीको अन्त्य गर्न, पुराना तथा मापदण्ड विपरीतका सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।


यसैबीच अखिल (क्रान्तिकारी) नवलपुरले बुधबार विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय, प्याब्सन, एनप्याब्सन तथा जिल्लाका शैक्षिक सरोकार राख्ने अन्य निकायहरुमा ज्ञापनपत्र बुझाएको हो । अखिल (क्रान्तिकारी) नवलपुरले कोभिडबाट प्रभावित आम नागरिकलाई सहज र सुलभ दरमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन, भाडामा बसेका विद्यार्थीलाई राहत प्याकेज उपलब्ध गराउन, विद्यार्थीलाई कोभिड भ्याक्सिनको तत्काल व्यवस्था गर्न माग गरेको छ । त्यस्तै शैक्षिक अन्योल तत्काल अन्त्य गरी शैक्षिक कार्यक्रम घोषणा गर्न, रोकिएका परीक्षाहरु आन्तरिक तथा वैकल्पिक विधिबाट संचालन गर्न, शिक्षामा देखिएको अनियमितता हटाउन समेत माग गरेको छ । यस्तै क्रान्तिकारीले विद्यार्थीलाई यातायातमा ४५% छुटको व्यवस्था कार्यान्वयन गर्न, सर्टिफिकेटमा लगाइएको महँगो शुल्क हटाउन, कमिसनको लोभमा पाठ्यपुस्तक वर्षेनी परिवर्तन गर्ने प्रणालीको अन्त्य गर्न, पुराना तथा मापदण्ड विपरीतका सवारी संचालनमा रोक लगाउन माग गरेको छ । शैक्षिकसत्र सुरुवात हुने प्रत्येक वर्ष उक्त संगठनले विगत देखि नै देशव्यापी रुपमा मागपत्र बुझाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :