रामवृक्ष यादवको सम्झानामा स्मृति सभा गरिने

अम्बिका चन्द / काठमाडौं, साउन १९ : तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य रामवृक्ष यादवको भदौं २ गते स्मृति सभा गरिने भएको छ । नेकपा, जनकपुर ब्युरोको आयोजनामा स्मृति सभा गर्न लागिएको हो । नेकपाले प्रत्येक बर्ष भदौं २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ । धनुषाको बर्मझियामा जन्मनु भएका यादवलाई तत्कालीन देउवा सरकारले बर्मझियामा हत्या गरेको थियो । २०५१ भदौं १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलीपल्ट भदौं २ गते विरेन्द्रबजारबाट घर फर्किंदै गर्दा सादा पोशाकका प्रहरीरहेका प्रहरी र कांग्रेसका कार्यकर्ताहरुले घरेलु हतियार प्रयोग गरि निकै बिवत्स तरिकाले यादवको हत्या गरेका थिए । नेपालमा जनयुद्ध शुरुवातको पूर्वसन्यामा केन्द्रीय तहबाट भएको यो ठुलो बलिदानी थियो । यसैविच रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा नेकपा, जनकपुर ब्युरोले सहिद परिवारहरुलाई सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।

२०७४ साउन १९ गते  २  :१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :