चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं/साउन १९: चीनले बुधबार चीन–भारत विवादित डोक्लाम क्षेत्रको विषयमा एक प्रतिवेदन मार्फत् आफ्नो धारणा सार्वजनिक गरेको छ । ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भूभागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शिर्षकमा जारी प्रतिवेदनमा भनिएको छ, “चिनियाँ भूभागको सार्वभौमिकताको सम्मान गर्दै तत्काल सीमा उल्लंघन गरेको भारतीय सीमा सुरक्षा बललाई भारतीय भूखण्डमा फर्किएर दुई देशबीचको सीमा क्षेत्रको शान्ति र स्थिरतालाई पुनःस्थापना गर्न चीन भारतलाई ताकेता गर्दछ । १८ जुन २०१७ देखि भारतीय सेना चिनियाँ भूभागमा अनाधिकृत रुपमा पसेकाले सन् १९९० मा चीन–ब्रिटिश इण्डिया सन्धि पालन गर्न पनि चीनले भारतलाई दबाव दिएको छ । यो प्रतिवेदनमार्फत चीनले विश्व जनमत निर्माण गर्न चाहेको र तनाव झन् बढ्न सक्ने आंकलन गरिएको छ । त्यससम्बन्धी भारतको आधिकारिक धारणा भने आइसकेको छैन ।

२०७४ साउन १९ गते १२ः०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :