उम्मेदवारकै छोरा पक्राउ

काठमाडौं / साउन १९ :  चुनावको घोषणा गरिएको भरतपुर महानगरपालिका–१९ को नेकपा (एमाले) कोे तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा नीरव ज्ञवालीलाई बुधबार काठमाडौं प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्ने उजुरीको आधारमा ज्ञवालीलाई कााठमाडौं, पुतलीसडकबाट पक्राउ गरिएको हो । नेकपा (एमाले) स्थायी समिति सदस्यको बुधबारै बसेको बैठकले दुई महिना अघिको सामान्य विषयको आधारमा चुनावको सुन्य समयमा गरिएको पक्राउ चुनाव भाँड्ने षड्यन्त्र भएको भन्दै तुरुन्त रिहा गर्न माग गरिएको छ ।

२०७४ साउन १९ गते  १० : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :