शिविरको हिसाब खोई ?

images-1images-2barsha_man_pun

जनमुक्ति सेनाका ७ वटा शिविरमा रहेका शुरुमा ३२ हजार र त्यसपछि समयसमयमा केही संख्या घटेको रुजु भएको अवश्थामा बाहेक सबै जवानको रकम नेपाल सरकारबाट शिविरका कमाण्डहरुले एकमुष्ट बुझ्ने गरेका थिए । थोरै संख्या शिविरमा बस्ने र अन्य लामो समय घरमै पेशा – व्यवसायमा बस्थे । नियमित नबस्ने जवानको सम्पूर्ण रकम हजम गरिन्थ्यो । नियमित बस्नेको पनि लेवी भनेर कटौती गरिन्थ्यो । शिविरमा भ्रष्टाचार भएको थाहा भएपछि नेपाल सरकारले जनसेनाका जवानको नाममा सिधैं खातामा दिने प्रव्रिmया शुरु गर्न चाहेको थियो । तर राजनीतिक दबावमा सो कार्य हुन दिइएन ।

भ्रष्टाचारको आवाज उठाउने जवानलाई भयंकर यातना दिइन्थ्यो । कतिपय जवानहरुले राती भागेर ज्यान जगाउनुपथ्र्याे । पार्टी लेवीको नाममा जवानहरुको शोषण मात्र भएन हुँदै नभएका जवानको नक्कली प्रतिवेदन बनाएर करोडौं रकम राज्इ ढुकुटीबाट निकासा गराएर दुरुपयोग गरिएको थियो । दहिर्ग मनमा गएका, जनसेनाका जवानहरुले पटक–पछक शिविरको हिसाब सार्वजनिक गर्न माग समेत गर्दै आएका थिए । अनमिनद्वारा अयोग्य घोषित लडाकूहरुले त उसै बेला हिसाब सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्म गरेका थिए । त्यसबेला हिसाब सार्वजनकि गर्न माग गर्दै नेपाल बन्दसम्म गरेका थिए । त्यस प्रकारको मागलाई न सरकारले सुन्यो न त जनसेनाका कमाण्डरहरुले नै सुने ।

लडाकुको नाममा आएको करोडौं रकम प्रचण्ड, अनन्त, जर्नादनशर्मा, चन्द्रप्रसाद खनाल लगायतका नेता र कमाण्डरले दुरुपयोग गरेको उजुरी परेको थियो । प्रचण्डको भ्रष्ट टोलीलाई पतन गराउन सरकारले पनि आँखा चिम्लेको थियो । भ्रष्टाचारको विषयमा पार्टीमा पटकपटक प्रश्न उठेपछि २०६९ सालमा अमिक शेरचनको नेत्रृत्वमा छानविन आयोगले प्रचण्ड, वर्षमान पुन अनन्त, जनार्दन शर्मा, लेखराज भट्ट, गिरिजामणी पोखरेल लगायतलाई दोषी किटान गर्दै कारवाहीको लागि सिफारिस गरेको थियो । दोषीमाथि कारवाही गर्नुको सट्टा उल्टै शेरचनलाई पार्टीबाट अघोषित रुपमा पन्छाइएको अवश्था छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैँ लोकमानसिंह कार्कीका विरुद्ध जनदबाब बढ्दै गएपछि अहिले अख्तियारले ‘आवश्यक प्रमाण जुटिसकेको’ दाबि गर्दै छानविनको प्रव्रिmया शुरु गरेको छ । अब यातायात विदेशी शक्ति केन्द्रको दबाब आएन भने प्रचण्ड, अनन्त, प्रभाकर, गिरीरजामणी लगायतका माओवादी माओवादी केन्द्रका मुख्य नेताहरु पव्रmाउ पर्ने छन् । शुव्रmबार एक पत्रकार सम्मेलन गर्दै अख्तियारले आरोपित व्यक्तिहरुलाई अख्तियारमा हाजिर हुन ३० दिन पत्र काटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :