राज्यद्वारा पक्राउ गरिएका सम्मानित

अम्बिका चन्द / काठमाडौं, साउन १९ : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोको बैठक सम्पन्न भएको छ । बैठक जनकपुरको सर्लाहीमा भएको हो । बुधबार सम्पन्न बैठकले स्थानीय चुनाव खारेजी अभियानका बेला राज्यद्वारा पक्राउ गरिएका जनकपुर ब्युरो अन्तरगतका नेता–कार्यकर्ताहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । चुनाव खारेजी अभियानको क्रममा त्यस क्षेत्रबाट नेकपाका १९ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बैठकमा बोल्दै नेकपा, केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देस पौडेलले स्थानीय चुनाव खारेजी अभिभयानपछि आफ्नो पार्टी सशक्त क्रान्तिकारी शक्ति स्थापित भएको बताउनु भयो ।

२०७४ साउन १९ गते ६ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :