स्वाइन फ्लूले थप २ जनाको मृत्यु

काठमाडौं / साउन १८ : स्वाइन फ्लूकोे संक्रमण दिनानुँदिन बढ्दै गएको बेला झापामाबाट थप २ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ निवासी ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड–१ निवासी ३७ वर्षीया मनिषा अग्रवाल रहेका छन् । उनीहरुको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको थियो । हस्पिटलमा उपचार सुरु भएको ७२ घण्टा बित्न नपाउँदै हस्पिटलका डा. एमएस कनवर तथा डा. अन्सारीसहितको १८ जनाको टोलीले स्वाइन फ्लूका कारण अनिताको मृत्यु भएको घोषणा गरेका हुन् ।

यो पनि पढ्नु होस् स्वाइन फ्लुको जोखिममा राजधानी

यो पनि पढ्नु होस् काठमाडौंमा कडा खालको स्वाइन फ्लु फेला / २ जनाको मृत्यु

२०७४ साउन १८ गते ७ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :