स्वाइन फ्लुको जोखिममा राजधानी

रातो खबर संवाददाता / काठमाडौं, साउन १८ : स्वाइन फ्लुको संक्रमणपछि शनिबार काठमाडौंको ग्राण्डी इन्टनेसनल अस्पतालमा उपचार गराइरहेका पोखराका २९ वर्षीय एक विरामीको मृत्यु भएको छ । स्वाइन फ्लु हुनुअघि पूर्ण स्वस्थ रहेका ती युवालाई संक्रमणपछि निमोनिया देखिएको थियो । यो भन्दा पहिले शिक्षण अस्पताल महाराजगञ्जको सघनकक्षका विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार फ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा २ जनाको मृत्यु भइसकेको छ ।

आचार्यले स्वाइन फ्लु बिरुद्धको भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।  स्वाइन फ्लुका लक्षणहरु : खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने देखिने बित्तिकै जाँच गराउनु पर्ने उनको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन डा. आचार्य सुझाउँछन् । 

याे पनि पढ्नु  हाेस् काठमाडौंमा कडा खालको स्वाइन फ्लु फेला / २ जनाको मृत्यु

२०७४ साउन १८ गते ५ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :