डब्लुटिओमा कतारले गर्याे उजुरी

काठमाडौं / साउन १७ : अमेरिकी गठबन्धनका साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स र बहरेनलगायत ६ खाँडी मुलुकले कतारका विरुद्ध नाकाबन्दी गरेको भन्दै कतारले विश्व व्यापार संगठन (डब्लुटिओ) मा उजुरी दर्ता गरेको छ । विश्व व्यापार संगठनमा विवाद समाधानका लागि यो पहिलो औपचारिक कदम हो । यसको मतलब ती देशहरुले कतारसँग सहमतीका लागि छलफल गर्नु पर्नेछ । तर यदी ६० दिनभित्र सहमती खोज्न नसके उक्त विवादले विश्व व्यापार संगठनले नियुक्त गरेको प्यानलमा प्रवेश पाउने बिबिसीेले जनाएको छ ।

२०७४ साउन १७ गते  १० :०६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :